ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल : रोमाञ्चक खेलमा चेन्नईले कोलकातालाई हरायो


एबीसी / संवाददाता
९ बैशाख २०७८, बिहिबार   ७ : ५७   बजे

काठमाडौं, ९ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधवार राति भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।

चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुँदै दुई सय दुई रनमात्र बनाउन सक्यो । कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाए । त्यस्तै आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाए । तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा पनि कोलकाता पराजित भयो ।

चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहर एक्लैले चार विकेट लिए । त्यस्तै लुङ्गी एन्गिडीले तीन र साम करनले एक विकेट लिए ।यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रन बनाए । त्यस्तै रुतुराज गायकवाडले ६४ रनको योगदान गरे ।

५ ओभर २ बलमा बोर्डमा ३१ रन हुँदा पाँच विकेट गुमाइसकेको अवस्थामा कोलकाताका लागि आन्द्रे रसेलले दिनेश कार्तिकले छैटौँ विकेटका लागि १ रनको पार्टनरशिप गर्दै खेलमा फर्किन प्रयास गरेका थिए । ११ ओभर २ बलमा रसेल आउट भए । त्यसपछि क्रिजमा आएका कमिन्स र कार्तिकले सातौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । १४ ओभर ६ बलमा कार्तिक आउट भए । त्यसपछि क्रिजमा आएका कमलेश नगरकोटीसँग प्याट कमिन्सले आठौँ विकेटका लागि ३० रनको साझेदारी गरे । १६ ओभर २ बलमा नगरकोटी आउट भए । त्यसपछि क्रिजमा आएका वरुण चक्रवर्तीसँग कमिन्सले २४ रनको साझेदारी गरे । १८ ओभर ३ बलमा चक्रवर्ती आउट भएपछि कोलकाता खेलमा फर्किन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu