ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदननगरमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास


एबीसी / संवाददाता
९ बैशाख २०७८, बिहिबार   ९ : ५१   बजे

काठमाडौं, ९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुस्थित आफ्नै पूरानो कार्यालय रहेको जग्गामा नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । तीन रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिनुभयो । २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ ।

सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सन्चालन हुने गरी उद्घाटन हुँदैछ । आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवश पनि हो । स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवनको डिजाइन अन्तिम चरणमा पुगेको र पार्टीले आफ्नै कार्यकर्ताको लेबी र सहयोगमा भवन निर्माण गर्ने थालिएको हो ।

मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ । निर्माण लागत र निर्माण अवधिबारे भने अझै टुंगो लागिसकेको छैन । जतिसक्दो चाँडो भवन निर्माण गरि पार्टी कार्यालय सन्चालन हुने केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताउनुभयो । संयोग नै मान्नुपर्छ एमालेले आफ्नो पहिलो केन्द्रीय कार्यालय भवन तत्कालीन मनमोहन अधिकारी प्रधानमत्री रहेको पहिलो नौ महिने सरकारको पालामा निर्माण थालेको थियो । मनमोहन सरकारमा गृहमन्त्री रहेका ओली अध्यक्ष तथा प्रधानमन्त्री रहेकै बेला नयाँ कार्यालय भवन निर्माणको आरम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहि)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group