ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि


एबीसी / संवाददाता
९ बैशाख २०७८, बिहिबार   ५ : ४९   बजे

टीकापुर, ९:
वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र काटेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ । सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढेकाले मासुको बिक्रीमासमेत कमी आएको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले बताउनुभयो ।

“मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहजरूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नियमित यही काम गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “केही दिनदेखि कुखुरा पाउनै मुस्किल भएको छ । कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको छ । मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमरम्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताउनुभयो । उहाँले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइलर चल्ला नपाउँदा उत्पादनमा कमी आएको बताउनुभयो ।

“किसानले समयमा चल्ला पाएनन् त्यसले कुखुरा अभाव भयो”, रावलले भन्नुभयो, “ब्रोइलर कुखुराको मासुको माग बढ्दै गएको र पूर्ति गर्न उत्पादन नभएकाले दैनिक मासुको मूल्य बढ्दै गएको हो । अभाव हेर्दा अझै मूल्यमा वृद्धि हुनसक्ने देखिन्छ ।” बजारमा ब्रोइलर अभाव भएसँगै बिक्री मूल्यमा एकरूपतासमेत छैन । बजारमा मासु उपलब्धता अनुसार बिक्रेताले मनपरी रूपमा रु ३८० देखि ४२० सम्म लिन थालेका छन् । एक सातादेखि मासुको मूल्य उकालो लागेकाले निगरानी र नियन्त्रण गर्नुपर्ने टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताउनुभयो ।

‘‘टीकापुर नगरपालिकाले बजार व्यवस्थापन ऐन निर्माण गरिसकेको छ । ऐन अनुसार प्रक्रियामा जानेछौँ’’, उपप्रमखु विष्टले भन्नुभयो, “उपभोक्तालाई मारमा पर्ने काम भएकाले केही दिनमा बजार अनुगमन गरेर बजारमा मनपरी मूल्य वृद्धि रोक्छौँ । हामीले आजभोलि नियमित बजार अनुगमन शुरु गरेका छौँ ।” उपप्रमुख विष्ट नगरपालिकाले बजारमा उपभोक्ता ठगी गर्ने केही ब्यापारीलाई कारवाहीको दायरामा समेत ल्याएकाले अनावश्यक अभाव सिर्जना गर्ने, मूल्य बढाउनेलाई कारवाही गर्ने बताउनुभयो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu