ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरु


sharan sharan
७ पुस २०७४, शुक्रबार   १० : २१   बजे

सप्तरी, ७ पुस ।
नेपाल र भारतका मैथिली अभियानी अगुवाको सहभागीता १५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन आजदेखी सप्तरी सदरमुकाम राजविराजमा सुरु भएको छ ।
मैथिली भाषाको राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण, संवद्र्धन र यसकालागी उचित वातावरण तयार गर्ने उद्देश्यले दुई दिने अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरुभएको हो ।
सम्मेलन मैथिलीभाषा, साहित्य, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र उत्थानका लागी कोशेढुंगा सावित हुने आयोजक मैथिली साहित्य परिषद् सप्तरीले विश्वास लिएको छ । ‘‘प्रदेश नं. २ वासी के आशा ः मैथिली हो राज्य के भाषा’’ प्रमुख नाराका साथ शुरुभएको सम्मेलनको एक भव्य समारोह बीच प्रमुख अतिथी नागरीक उड्डयन तथा संस्कृति पयर्टन मन्त्री जितेन्द्र नारायण देवले पानसमा दिप प्रज्जवल्न गरी उदघाटन गर्नुभयो ।
सो अवसरमा उहाँले ऐतिहासीक र समृद्धता रहेको मैथिली भाषा साहित्यको संरक्षण र संवद्र्धनमा जोड दिदै यसका लागी आपूmले पनी आफ्नो स्तरबाट हर सम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
१५ औं अन्तराष्ट्रिय सम्मेलन समितिका संयोजक सुभचन्द्र झाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अन्तराष्ट्रिय मैथिली सम्मेलनको संस्थापक महासचिव वैद्यनाथ चौधरी (वैजु), अन्तराष्ट्रिय मैथिली सम्मेलनका नेपाल प्रभारी एव् मैथिली भाषाका अभियानी रामभरोस कापडी (भ्रमर), वरिष्ठ राजनीतिज्ञ खुशिलाल मण्डल, मैथिली समाज नेपाल बुटवलका अध्यक्ष मुखिलाल चौधरी, डा. रेवतीरमण लाल, डा. दिपक झा, मैथिली साहित्य परिषद् सप्तरीका अध्यक्ष अशोक झा, भारतका मैथिली अभियानी डा. वचकुन पासवान लगायतले पनी सम्बोधन गर्दै मैथिली भाषा र संस्कृतिको जर्गेनामा जोड दिनुभयो ।
सम्मेलन स्थलमा मैथिली भाषाका विद्धान लेखकहरुद्वारा लेखिएको विभिन्न कृतिहरुको स्टल पनी राखिएको छ । उद्घाटन समारोहका व्रmममा मैथिली भाषा संस्कृति र कला क्षेत्रमा योगदान पु¥याउने नेपाल र भारतका मैथिली अभियानीहरुलाई मिथिला रत्न र मिथिला श्री पुरस्कारबाट सम्मान गर्नुका साथै मैथिली भाषामा लेखिएका विभिन्न नयाँ कृतिहरुको विमोचन पनि गरियो । सम्मेलनमा नेपाल र भारतका गरी २ सय भन्दा बढी मैथिली अभियानी अगुवाहरुको सहभागीता छ ।
यसअघि स्थानीय पब्लिक विन्देश्वरी मावि विद्यालयबाट हजारौको संख्यामा मिथिला संस्कृति र कला झल्कीने झाँकी सहित सहभागिद्वारा नगरको विभिन्न भागको परिक्रममा गरिएको थियो ।
दुई दिन सम्म चल्ने सम्मेलनको दोस्रो दिन शनिबार विचार गोष्ठीको आयोजना गरी प्रदेश नं. २ मा मैथिली भाषालाई कामकाजको भाषा बनाउनुपर्ने विषयमा केन्द्रित भई कार्यपत्र प्रस्तुत गर्ने, नेपाल र भारतका विश्ष्टि कवि र कवियत्री को सहभागितामा कवि गोष्ठी र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने तय भएको सम्मेलनका प्रभारी रामभरोस कापडीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group