ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमण दर झनै तीब्र बन्दै : एकै दिन ३ लाख ६२ हजार बढी संक्रमित, ३ हजार २ सय बढीको मृत्यु


एबीसी / संवाददाता
१५ बैशाख २०७८, बुधबार   ८ : ५४   बजे

काठमाडौं, १५ वैशाख ।  भारतमा कोरोना भाइरसको संक्रमण दर झनै तीब्र बन्दै गैरहेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन । यो अहिलेसम्म दैनिक थपिएका संक्रमितको संख्या सबैभन्दा धेरै हो। एक साता यता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन्।

भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६ सय नाघेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा तीन हजार २८५ जनाले ज्यान गुमाएका छन । जसअनुसार हालसम्म मृत्यु हुनेको कुल संख्या २ लाख १ हजार १ सय नाघेको छ ।

कोरोना महामारी देखिएयता पहिलो पटक भारतमा एकै दिन तीन हजारभन्दा बढीको मृत्यु भएको हो। पछिल्लो एक साता यता दैनिक दुई हजारभन्दा बढीले ज्यान गुमाउँदै आएका थिए।

भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको वर्ल्डोमिटरले जनाएको छ। पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा ६६ हजार ३६८ संक्रमित थपिएका छन्।

त्यस्तै, उत्तर प्रदेश, केरला र कर्नाटकमा ३० हजारभन्दा बढी संक्रमित थपिएका छन्। पश्चिम बंगालमा १६ हजार ४०३, तलिमनाडुमा १५ हजार ८३०, गुजरातमा १४ हजार ३५२ र उत्तराखण्डमा ५ हजार ७०३ संक्रमित थपिएका छन्।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड पनि सबैभन्दा बढी संक्रमण फैलिएका राज्यहरुमा पर्दछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group