ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ८ : ५५   बजे

काठमाडौं । रसुवामा आएको बाढीपछि ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३ सय ४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक छन्। उनीहरूमध्ये २ सय ३ पुरुष र २ सय महिला रहेको बोर्डले जनाएको छ।

सम्पर्कविहीन हुने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। बोर्डका अनुसार १ सय ३३ भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। यस्तै, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन छन्।

त्यसैगरी युक्रेनका ७, दक्षिण अफ्रिकाका ६, सिंगापुरका ६, न्युजिल्यान्डका ५, जापानका ५, जर्मनीका ४, फ्रान्सका ३ र स्पेनका २ जना पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क अवरुद्ध भएकाले पर्यटकसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। सम्बन्धित निकायले सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार प्रयास अघि बढाइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

सम्बन्धित

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu