ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ५५   बजे

काठमाडौं । अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि आर्थिक प्रतिबन्ध थप कडा गर्ने घोषणा गरेपछि चीनले आफ्ना राष्ट्रिय हित र अधिकारको रक्षा गर्न ‘सबै आवश्यक कदम’ चाल्ने चेतावनी दिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नामक नयाँ प्रतिबन्ध घोषणा गरेका थिए। त्यसलगत्तै बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको विरोध गरेका हुन्।

लिनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्वीकृतिबिना तथा अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकपक्षीय प्रतिबन्ध गैरकानुनी हुने बताएका छन्।

चीन र इरानबीचको व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानुनी संरचनाभित्र रहेको दाबी गर्दै उनले यस्तो सहकार्यमा तेस्रो पक्षले हस्तक्षेप वा अवरोध गर्न नहुने चीनको धारणा स्पष्ट पारे।

उनले आर्थिक युद्ध तथा अत्यधिक दबाबको नीतिले समस्या समाधान नगर्ने, बरु विश्वव्यापी आर्थिक तथा वित्तीय प्रणालीमा अस्थिरता बढाउने र अन्तर्राष्ट्रिय तनाव थप चर्काउने चेतावनी दिए।

चीनमाथि पनि अमेरिकी दबाब

अमेरिकाले इरानबाट इन्धन खरिद गर्ने वा इरानसँग वित्तीय कारोबार गर्ने जुनसुकै देश वा संस्थालाई अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने चेतावनी दिएको छ।

इरानी कच्चा तेलको प्रमुख खरिदकर्ता चीन भएकाले नयाँ अमेरिकी प्रतिबन्धले चीन–इरान आर्थिक सम्बन्धसँगै चीन–अमेरिका सम्बन्धमा समेत थप तनाव सिर्जना गर्न सक्ने आकलन गरिएको छ।

इरानका अर्थमन्त्री अली मदानीजादेले पनि अमेरिकी प्रतिबन्धको सामना गर्न आफ्नो देश तयार रहेको बताएका छन्। सरकारले आगामी दुई वर्षका लागि आवश्यक रणनीति तयार गरेको उनको दाबी छ।

सी र ट्रम्पको वार्ताअघि प्रतिबन्ध

अमेरिकी प्रतिबन्धको नयाँ घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी महिना तय भएको शिखर वार्ताअघि आएको हो।

विश्लेषकहरूका अनुसार अमेरिकाले इरानमाथि प्रतिबन्ध थप कडा बनाउँदै लगेमा चीनले पनि दुर्लभ खनिजको निर्यातमा कडाइ गरेर जवाफी कदम चाल्न सक्ने जोखिम छ।

यसले इरानमाथिको अमेरिकी दबाबलाई चीन–अमेरिका व्यापार तथा रणनीतिक प्रतिस्पर्धासँग समेत जोड्ने सम्भावना बढाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu