ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन ‘सेतु एकाइ’ अर्थात् सिँचाइ कार्यान्वयन तथा अनुगमन एकाइ स्थापना गर्ने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार उक्त एकाइले आयोजनास्थल र मन्त्रालयबीच समन्वय गर्नेछ। प्रमुख निर्माणस्थलमा सीसीटिभी जडान गरी एकीकृत ड्यासबोर्डमार्फत मन्त्रालयबाटै आयोजनाको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाइनेछ।

सरकारले समयसीमा पुनरावलोकन गर्दै राष्ट्रिय गौरवका अधिकांश सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ। मन्त्री श्रेष्ठले भेरी–बबई बहुउद्देश्यीय, बबई र सिक्टा सिँचाइ आयोजनालाई आगामी तीन सुक्खा मौसमभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका छन्।

सिक्टा सिँचाइ आयोजनामा ‘डिस्पर्सिभ स्वाइल’ अर्थात् घुलनशील माटोको प्राविधिक समस्या तथा महाकाली सिँचाइ आयोजनामा जग्गा प्राप्ति र भारतबाट प्राप्त हुने पानीको अनिश्चितता मुख्य चुनौतीका रूपमा रहेका छन्।

रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मान

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान २०८२ बाट पूर्वसचिव तथा पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनाल सम्मानित भएका छन्।

सार्वजनिक प्रशासन तथा सेवाको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै खनाललाई सम्मान गरिएको हो। विसं २०८१ को सम्मान धुलिखेल अस्पताल स्थापना तथा स्वास्थ्य क्षेत्रमा योगदान गरेका डा. रामकण्ठ माकाजू श्रेष्ठलाई प्रदान गरिएको थियो।

दुवै पुरस्कारको राशि २ लाख रुपैयाँ रहेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन व्यवस्थापक हेमबहादुर मल्लको स्मृतिमा विसं २०६० देखि यो सम्मान प्रदान हुँदै आएको छ।

विद्युतीय विमानको सफल परीक्षण

स्विडेनी मूलको अमेरिकी कम्पनी ‘हार्ट एरोस्पेस’ले निर्माण गरेको विद्युतीय विमान ‘एक्स–वान’ले न्युयोर्कको आकाशमा २७ मिनेट लामो परीक्षण उडान गरेको जनाएको छ।

कम्पनीका अनुसार परीक्षणका क्रममा विमानले १ मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो र उडानको लागत करिब ५ अमेरिकी डलर परेको थियो।

३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा निर्माण गरिएको विमानको तौल करिब ११ हजार ३४० किलो, पखेटाको लम्बाइ १०६ फिट तथा लम्बाइ ७६ फिट रहेको छ। परीक्षणका क्रममा यसले १ हजार १०० फिट उचाइमा उडान गरेको थियो।

कम्पनीले सन् २०३१ सम्म विमानलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ। परम्परागत विमानको तुलनामा हाइब्रिड प्रविधिको यो विमान सञ्चालन लागत करिब ४० प्रतिशत कम हुने दाबी गरिएको छ। ब्याट्रीबाट मात्र करिब १२५ माइल र हाइब्रिड इन्जिनको सहयोगमा ५०० माइलसम्म उडान गर्न सक्ने क्षमता रहने कम्पनीले जनाएको छ।

एमएमएमा सुस्मिता थापामगरको जित

व्यावसायिक मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी सुस्मिता थापामगरले भारतको बैङ्लुरुमा आयोजित ‘रोनिन एफसी ३’ प्रतियोगितामा डेब्यु खेल जितेकी छन्।

गण्डकी प्रदेशकी थापामगरले भारतकी सालु शर्मालाई पराजित गरेकी हुन्। उनले यसअघि तेक्वान्दो, किकबक्सिङ र मुवाथाईमा समेत प्रतिस्पर्धा गरिसकेकी छन्।

यस्तै, ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा रिता तामाङले ‘मिसेस नेपाल’को मुख्य उपाधि जितेकी छन्। पेसाले ब्युटिसियन तामाङले ‘मिसेस फोटोजेनिक’, ‘मिसेस ट्यालेन्ट’ र ‘मिसेस बेस्ट वाक’को उपाधिसमेत प्राप्त गरेकी छन्।

मंसिरदेखि मासु जाँचसम्बन्धी ऐन लागू

काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ विसं २०८३ मंसिर १ गतेदेखि लागू हुने भएको छ।

ऐनअनुसार पशुवध गर्नुअघि र वधपछि अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। तोकिएको व्यवस्थित वधशालामा मात्र पशुवध गर्न पाइने तथा मासु निरीक्षकबाट स्वीकृत भएपछि मात्र बिक्री–वितरण गर्नुपर्ने व्यवस्था छ।

देशभर उक्त ऐन चरणबद्ध रूपमा लागू गर्ने तयारी गरिएको छ।

४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजना

कालीकोटमा निर्माण हुन लागेको तिला–२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ४२० मेगावाट रहेको छ। आयोजनाको अनुमानित लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र प्रवर्द्धक कम्पनीको स्वपुँजी लगानी रहनेछ।

राष्ट्रिय सूचना दिवस भदौ ३ गते

राष्ट्रिय सूचना दिवस हरेक वर्ष भदौ ३ गते मनाइन्छ। सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको दिनको स्मरणमा राष्ट्रिय सूचना दिवस मनाउने गरिएको हो।

‘धुर्कोट ग्रेटवाल’ पर्यटकीय पदमार्ग

गुल्मीको धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरिएको पर्यटकीय पदमार्गलाई ‘धुर्कोट ग्रेटवाल’ नाम दिइएको छ।

पदमार्गले ऐतिहासिक तथा पर्यटकीय स्थललाई जोड्दै स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

Lavrov Details Ukraine Conflict Concerns to Vatican Envoy

From Enigma Code to ChatGPT: The Rapid Evolution of Artificial Intelligence

Nepal Grapples with Outrage After Brutal Attack on Three-Year-Old

US Lawmakers Demand Trump Administration Intervention in Case of American Student Detained by Israel

Iran Conflict Drives US Farmers Toward Worst Financial Crisis in Decades

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu