ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ५५   बजे

वासिङ्टन डीसी । अमेरिकी केन्द्रीय गुप्तचर निकाय सीआईएका निर्देशक जोन रेटक्लिफ मंगलबार रुसको राजधानी मस्को पुगेका छन्। उनको भ्रमणबारे यसअघि कुनै जानकारी सार्वजनिक नगरिएकाले यो भ्रमणले अन्तर्राष्ट्रिय कूटनीतिक तथा सुरक्षा क्षेत्रमा चासो बढाएको छ।

बीबीसीका अनुसार रेटक्लिफ अमेरिकी वायुसेनाको सी–१७ ग्लोबमास्टर विमानमार्फत मस्को पुगेका हुन्। मस्को पुगेपछि उनले रुसी अधिकारीहरूसँग भेटवार्ता गरेको बताइएको छ। सीआईए निर्देशक बनेपछि रेटक्लिफले पहिलोपटक रुसको भ्रमण गरेका हुन्।

रेटक्लिफको भ्रमणलाई अत्यन्त गोप्य राखिएको थियो। अमेरिकी सैन्य विमान मस्को पुगेपछि मात्र उनको रुस भ्रमणको जानकारी बाहिर आएको हो। यसअघि रुसी अधिकारीहरूले समेत रेटक्लिफको सम्भावित भ्रमणबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका थिए।

अमेरिकी प्रशासनले पनि रेटक्लिफको मस्को भ्रमणबारे अहिलेसम्म कुनै औपचारिक वक्तव्य जारी गरेको छैन। यसैबीच, सामाजिक सञ्जालमा मस्कोमा अमेरिकी वायुसेनाको सी–१७ ग्लोबमास्टर विमान अवतरण गरेको भिडियो सार्वजनिक भएको छ। उक्त विमान अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर आएको बताइएको छ।

भ्रमणको उद्देश्य खुलाइएको छैन

सीआईए निर्देशक रेटक्लिफको मस्को भ्रमणको उद्देश्य भने अझै स्पष्ट भएको छैन। तर अमेरिका र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय तथा सुरक्षा मुद्दामा तनाव कायम रहेका बेला भएको उनको भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

रेटक्लिफले रुसी अधिकारीहरूसँग सुरक्षा, गुप्तचर सहयोग तथा अन्य संवेदनशील विषयमा छलफल गरेको हुन सक्ने अनुमान गरिएको छ। तर दुवै देशका अधिकारीहरूले भेटवार्ताको एजेन्डा वा त्यसबाट भएका निष्कर्षबारे कुनै विवरण सार्वजनिक गरेका छैनन्।

अमेरिका र रुसबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा भू–राजनीतिक प्रतिस्पर्धा र सुरक्षा सम्बन्धी विवादका कारण तनावपूर्ण रहँदै आएको छ। यही परिस्थितिमा अमेरिकी गुप्तचर प्रमुखको अप्रत्याशित मस्को भ्रमणलाई दुई देशबीच पर्दापछाडि भइरहेको सम्भावित उच्चस्तरीय संवादको संकेतका रूपमा समेत हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं

हजारौँ प्रयोगकर्तालाई एकैपटक सूचना पठाउन सकिने, टेलिकमले ल्यायो नयाँ सेवा

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu