ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ९ : ३५   बजे

नयाँदिल्ली, भदौ ९ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी सेप्टेम्बरमा भारतको नयाँदिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने सम्भावना बढेको छ। रोयटर्सका अनुसार तीन भारतीय स्रोतले सी ठूलो प्रतिनिधिमण्डलसहित भारत आउने सम्भावना रहेको जानकारी दिएका छन्। यद्यपि उनको भ्रमणबारे अन्तिम निर्णय भने भइसकेको छैन।

भारतले आगामी सेप्टेम्बर १२ र १३ गते ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। सीको भ्रमण भएमा यो सात वर्षपछि उनको पहिलो भारत भ्रमण हुनेछ। सन् २०१९ मा भारत भ्रमण गरेयता उनको नयाँदिल्ली यात्रा भएको छैन।

सीको सम्भावित भ्रमणलाई सन् २०२० को सीमा झडपपछि तनावपूर्ण बनेको चीन–भारत सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। पछिल्लो समय दुवै देशबीच उच्चस्तरीय संवाद र सीमा विवाद व्यवस्थापनका प्रयास तीव्र भएका छन्।

४०० सदस्यीय प्रतिनिधिमण्डलको तयारी

रोयटर्सका स्रोतका अनुसार चिनियाँ अधिकारीहरू भारत भ्रमणका लागि होटल तथा सुरक्षा व्यवस्थालाई अन्तिम रूप दिन जुटेका छन्। दुई भारतीय स्रोतले सीसँग करिब ४०० सदस्यीय प्रतिनिधिमण्डल भारत आउने सम्भावना रहेको बताएका छन्।

सन् २०१९ को भ्रमणमा सीसँग भारत आएका चिनियाँ अधिकारीको संख्या २०० भन्दा कम थियो। यसपटक प्रस्तावित प्रतिनिधिमण्डल त्यसको तुलनामा दोब्बरभन्दा बढी हुनेछ। (

सीको सम्भावित उपस्थितिलाई यसपटक ब्रिक्सको औपचारिक एजेन्डाभन्दा चीन–भारत सम्बन्धमा सुधारको संकेतका रूपमा बढी चासोका साथ हेरिएको छ। विशेषगरी २०२० को सीमा तनावपछि दुई देशबीच बनेको दूरी घटाउने दिशामा यो भ्रमण महत्वपूर्ण हुन सक्ने कूटनीतिक अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

चीन र भारतबीच सीमा वार्ता जारी

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu