ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

काठमाडौं । भारतको बिहार राज्यको राजधानी पटनामा शिक्षक भर्ती परीक्षा एकै चरणमा सञ्चालन गर्नुपर्ने मागसहित विद्यार्थीहरूले गरेको आन्दोलन उग्र बनेको छ। प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा प्रयोग गर्नुका साथै सामान्य बल प्रयोग गरेको बताइएको छ।

बिहारको गान्धी मैदानबाट सुरु भएको विद्यार्थीहरूको जुलुस डाकबंगला चोक पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो। ठूलो संख्यामा सडकमा उत्रिएका परीक्षार्थीहरूले बिहार सरकार र बिहार लोक सेवा आयोगविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले प्रहरीले लगाएको ब्यारिकेड भत्काउँदै अघि बढ्ने प्रयास गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताइएको छ।

टीआरई–४ एकै चरणमा गर्न माग

आन्दोलनरत विद्यार्थीहरूको मुख्य माग शिक्षक भर्ती परीक्षा टीआरई–४ लाई दुई चरणमा नभई एकै चरणमा सञ्चालन गर्नुपर्ने रहेको छ।

यसका अतिरिक्त विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा हुने ढिलाइ अन्त्य गर्नुपर्ने, परीक्षा प्रक्रियामा देखिने अनियमिततामाथि कारबाही हुनुपर्ने तथा प्रश्नपत्र बाहिरिने घटनामा जिम्मेवारमाथि उत्तरदायित्व निर्धारण गर्नुपर्ने उनीहरूको माग छ।

प्रहरीको हस्तक्षेपपछि पनि प्रदर्शनकारीहरू माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने अडानमा रहेका छन्। उनीहरूले आवश्यक परे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

उपमुख्यमन्त्रीलाई तत्काल निर्णय लिन अपिल

परीक्षार्थीहरूले बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीलाई आफ्ना मागबारे तत्काल निर्णय लिन आग्रह गरेका छन्।

गान्धी मैदानदेखि डाकबंगला चोकसम्म फैलिएको आन्दोलनका कारण पटना क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। ठाउँ–ठाउँमा प्रहरी परिचालन र ब्यारिकेडिङ गरिए पनि प्रदर्शनकारीहरू मुख्य चोकसम्म पुगेपछि आन्दोलन र प्रहरीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

चीन र भारतबीच सीमा वार्ता जारी

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा छोराको हत्या प्रयासको दाबी

पाकिस्तानी जेलमा रहेका आफ्ना पूर्वपति इमरानका लागि जेमिमाले गुहारिन् बेलायत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu