ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालत ‘सेटिङ’को आरोपमा कांग्रेसभित्र जुहारी, देउवा पक्ष भन्छ– न्यायालयलाई विवादमा नतानौं


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेपछि ‘अदालतमा सेटिङ गरिएको’ भन्ने आरोपलाई लिएर संस्थापन र इतर पक्षबीच आरोप–प्रत्यारोप चर्किएको छ।

कांग्रेसको आधिकारिकता र पार्टीभित्रको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए। देउवा पक्षले पुनः सर्वोच्च अदालतको ढोका ढकढकाएपछि अदालतमा ‘सेटिङ’ गरिएको आरोपसमेत सार्वजनिक रूपमा उठ्न थालेको छ।

इतर पक्षकी केन्द्रीय सदस्य कुसुम थापाले अदालतमा प्रभाव पार्न सकिने किसिमको अभिव्यक्ति नदिन चेतावनी दिएकी छन्। उनले पूर्णबहादुर खड्कालाई लक्षित गर्दै पैसा र पहुँचका आधारमा अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाउन सकिने भन्दै प्रचार नगर्न आग्रह गरेकी हुन्।

तर देउवा पक्षका नेता दीपक खड्काले यस्तो आरोपप्रति कडा आपत्ति जनाएका छन्। देउवा पक्षका तर्फबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका खड्काले न्याय माग्न सर्वोच्च अदालत पुगेको विषयलाई ‘अदालत सेटिङ’सँग जोडेर प्रचार गर्नु स्वतन्त्र न्यायपालिकाको मानमर्दन गर्ने प्रयास भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतमा आज उत्प्रेषण, प्रतिषेध र परमादेश समेत माग गरी न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

खड्काले उक्त प्रचारलाई योजनाबद्ध कुप्रचारको संज्ञा दिँदै न्यायालयको गरिमा घटाउने प्रयासप्रति सचेत रहन आग्रह गरेका छन्। आफू न्याय र स्वतन्त्रताका लागि लडेको व्यक्ति भएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतप्रति पूर्ण विश्वास रहेको बताएका छन्।

उनले भनेका छन्, ‘न्याय र स्वतन्त्रताको लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा छ। सम्मानित सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त छु।’

‘न्यायालयलाई छोड्नुस्’ : केदार कार्की

कांग्रेसका अर्का नेता केदार कार्कीले पनि अदालतलाई राजनीतिक आरोप–प्रत्यारोप र ‘मिडिया ट्रायल’को विषय नबनाउन आग्रह गरेका छन्।

उनले केही व्यक्तिहरूले सार्वजनिक बहसका लागि सामग्री उत्पादन गर्ने उद्देश्यले अदालतलाई समेत विवादमा तान्न खोजेको आरोप लगाए।

कार्कीले भनेका छन्, ‘सधैं अराजक अभिव्यक्ति र मिडिया ट्रायल गराउने केही काठमाडौंका बुद्धि व्यवसायीहरूले कन्टेन्ट बनाएर फेरि अदालतमा आक्रामक गराउनु दुर्भाग्य हो। सबैमा एउटै फर्मुला लागू हुँदैन।’

उनले संस्थापन पक्षका नेताहरूलाई लक्षित गर्दै राजनीतिक अडान स्थिर हुनुपर्ने टिप्पणीसमेत गरेका छन्। उनका अनुसार, पार्टीभित्र अग्रज र समकक्षी नेताविरुद्ध गरिने राजनीतिक आक्रमणको शैली न्यायालयमाथि प्रयोग गर्न खोज्नु उचित हुँदैन।

‘विचार त अडानमा भर पर्छ। लास र दास लगाएर अग्रज नेता, समकक्षीलाई गाली गराएजस्तो अदालतमा हुँदैन,’ कार्कीले भनेका छन्, ‘त्यो गल्ती नगर्दा राम्रो। न्यायालयलाई त छोड्नुस्।’

पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरेसँगै नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अब राजनीतिक तहमा मात्र सीमित नरही न्यायिक प्रक्रियामाथिको आरोप–प्रत्यारोपसम्म पुगेको देखिएको छ। अदालतको निर्णय आउनुअघि नै ‘सेटिङ’ र प्रभावको आरोप सार्वजनिक रूपमा उठ्न थालेपछि कांग्रेसभित्रको विवाद थप तिक्त बन्ने संकेत देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Lawmakers Demand Trump Administration Intervention in Case of American Student Detained by Israel

Iran Conflict Drives US Farmers Toward Worst Financial Crisis in Decades

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu