काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँग प्रतिस्पर्धा गर्दैछ।
डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
नेपाल ‘ए’ दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिँदैछ। नेपालले पछिल्लो खेलमा होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो। त्यसअघि नेपाल नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेट तथा बंगलादेश हाइपरफर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको थियो।
एसीटी भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। उसले खेलेका तीनवटै खेल गुमाएको छ। सेमिफाइनलको सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। नेपाल हाल २ अंकसहित तालिकाको सातौँ स्थानमा रहेको छ।
एसीटीविरुद्धको खेलमा नेपालले पछिल्लो खेलको लयलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नेपाली टोलीका कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री टोलीमा रहेका छन्।
नेपालले हालसम्म ३ खेलबाट १ जित र २ हार बेहोरेको छ भने एसीटीले तीनै खेलमा पराजय व्यहोरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्