काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले ब्राजिलियन विंगर साभिन्होलाई म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको छ।
टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। उनी गत साता नै टोटनहम पुगेका थिए। स्वास्थ्य परीक्षण पूरा गरेपछि क्लबले मंगलबार उनको अनुबन्ध औपचारिक रूपमा घोषणा गरेको हो।
टोटनहमले गत वर्ष पनि साभिन्होलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो। तर त्यतिबेला सम्झौता हुन सकेन। उनी गत वर्ष फ्रेन्च क्लब ट्रोएसबाट म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए।
सिटीसँग सन् २०२९ सम्मको सम्झौता रहेका साभिन्होले क्लबका लागि ८४ खेल खेल्दै ७ गोल गरेका थिए। सिटीमा रहँदा उनले एफए कप र काराबाओ कपको उपाधि जितेका थिए।
टोटनहममा आबद्ध भएसँगै साभिन्होले प्रिमियर लिगमै आफ्नो करियरलाई निरन्तरता दिने भएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्