ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ४ : २५   बजे

काठमाडौं । एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको पहिलो अभ्यास खेलमा डकवर्थ–लुइस (डीएल) मेथडअनुसार ९ विकेटको शानदार जित हात पारेको छ।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले २८ ओभरमा २३३ रनको संशोधित लक्ष्य पाएको थियो। नेपालले उक्त लक्ष्य २८ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए। उनले ८५ बलमा १२ चौका र १२ छक्काको मद्दतमा १६१ रनको आक्रामक पारी खेले।

अर्का ओपनर अर्जुन कुमालले ८२ बलमा ७ चौकासहित ६१ रन बनाए। देव खनाल १ रनमा अविजित रहे। आशिफ र अर्जुनको उत्कृष्ट साझेदारीपछि नेपालले सहज रूपमा लक्ष्य पूरा गरेको हो।

२३२ रनमा रोकियो मलेसिया

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा २३२ रन बनाएको थियो।

मलेसियाका लागि स्यादात रमिलले ६१ रन बनाए। सैफुल्लाह मलिकले ४५ तथा विरनदिप सिंहले ३९ रनको योगदान दिए।

नेपाली बलरहरूले किफायती बलिङ गर्दै मलेसियालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए।

वर्षाका कारण खेल प्रभावित भएपछि डीएल मेथडअनुसार नेपालले २८ ओभरमा २३३ रनको संशोधित लक्ष्य पाएको थियो। नेपालले प्रभावशाली ब्याटिङ गर्दै सहज जित निकालेपछि एसीसी प्रिमियर कपअघि टोलीको मनोबल बढेको छ। नेपालले अब अर्को अभ्यास खेल खेल्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

जिम्मी निसम फेरि जनकपुर बोल्ट्समा, एनपीएलका लागि पुनः अनुबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu