ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना पुष्टि


एबीसी / संवाददाता
१५ बैशाख २०७८, बुधबार   ३ : ०२   बजे

नेपालगन्जस्थित भेरी अस्पतालका पछिल्लो ३६ घण्टामा परीक्षण गरिएका २८८ नमुनामध्ये २३३ मा कोरोना पोजिटिभ देखिएको छ । अस्पतालका अनुसार १३९ जना पुरुष र ९४ जना महिलामा कोरोना पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय पोजिटिभिटी रेट पनि बढिरहेको अस्पतालले जनाएको छ । पछिल्लो समय गरिएको परीक्षणको पोजिटिभिटी रेट ८०.९ ५ देखिएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये बाँकेका २०८, बर्दियाका १३, कैलालीका २, दाङका २ र अन्य जिल्लाबाट ८ जना रहेका छन् । पालिकाअनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट मात्र १८२ जनामा संक्रमण पुष्टि भएको हो । उमेर समूहमा २० वर्षदेखि ५० वर्ष उमेर समूहका मात्र १७४ जना छन् जुन कुल संख्याको ७५ हुन आउँछ ।
कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको पनि अस्पतालले जनाएको छ । वैशाख १ गते यता ७३ जना कर्मचारीमा यसको संक्रमण पुष्टि भएको छ ।
जसमा महिला ४४ ९६०।३५०, पुरुष २७ ९३९।७५० रहेका छन् । संक्रमण पुष्टि हुनेमा नर्सिङ कर्मचारीहरु ३३ जना,सहायक कर्मचारी २२ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स ८ जना र प्रशासनका कर्मचारी २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu