ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्राले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउँछ : अध्ययन


एबीसी / संवाददाता
१६ बैशाख २०७८, बिहिबार   १२ : ०२   बजे

काठमाडौं, १६ बैशाख ।  कोरोना भाइरसविरुद्धको खोपको एउटै डोजले पनि सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने अध्ययनले देखाएको छ । फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इङ्ग्ल्याण्ड पीएचईले जनाएको छ ।खोप लगाएको लगभग १४ दिनपछि त्यसले दिने सुरक्षामाथि गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको बीबीसीले जनाएको छ । पीएचईका अनुसार दुईमध्ये कुनै एक खोप लगाएको व्यक्तिलाई पहिलो मात्रा खोप लिएको चार हप्तापछि लक्षणसहित सङ्क्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ । खोप हाम्रो जीवनलाई साधारण अवस्थामा फर्काउन मद्दत गर्न रहेको भन्दै पीएचईकी खोप प्रमुख डाक्टर मेरी रामसेले खोपले रोगको गम्भीर असर कम गर्ने मात्रै नभई धेरै सङ्क्रमितको ज्यान जोगाउनसमेत सहयोग गर्छ ।

प्रमाणहरूले खोप लगाएकाहरु सङ्क्रमित भइहाले पनि उनीहरुले अरूलाई भाइरस सर्ने जोखिम केही कम हुने देखाएको अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group