ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 चौथो अध्यक्ष कप भलिबल ः पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई


एबीसी / संवाददाता
१६ बैशाख २०७८, बिहिबार   १२ : ४४   बजे

खोटाङ, १६ वैशाख :
खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको हो ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उचालेको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीलाई सोझो सेटमा हराउँदै मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उपाधिमाथि कब्जा जमाएको हो ।

पुरुषतर्फको प्रतियोगितामा चम्पादेवी गाउँपालिका–१ पलापु ओखलढुङ्गा र खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तथा महिलातर्फ खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र रामप्रसादराई गाउँपालिका–८ बासीखोरा भोजपुरले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् । प्रतियोगितामा खोटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी पुरुषतर्फ २३ समूह र महिलातर्फ आठ समूहको सहभागिता रहेको खेल संयोजक एवम् खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष दीपेन थुलुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो तथा दुई सेमिफाइनलिष्ट समूहलाई क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै विधागत पुरस्कारअन्तर्गत अनुशासित समूहमा पुरुषतर्फ चम्पादेवी गाउँपालिका–१ पलापु ओखलढुङ्गा तथा महिलातर्फ बराहपोखरी गाउँपालिका–२ सुन्तले, उत्कृष्ट खेलाडी पुरुषतर्फ षडानन्द नगरपालिकाका सन्दिप कठेत तथा महिलातर्फ आमचोक गाउँपालिकाका ममता राई, उत्कृष्ट लिफ्टर पुरुषतर्फ आमचोक गाउँपालिकाका निशान राई तथा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी पूर्णिमा बाहिङ राई र उत्कृष्ट स्पाइकर पुरुषतर्फ चम्पादेवी गाउँपालिकाको समिप श्रेष्ठ तथा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी चन्दाकुमारी बस्नेतले हात पारेका छन् ।

चौथो अध्यक्षक कप अन्तर वडास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट समूह तथा खेलाडीलाई जनही रु पाँच÷पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । विजयी समूह तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाको चौथो वार्षिक उत्सव समापन कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कृषक समूह, उत्कृष्ट पशुपालक समूह, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षकलगायतलाई रु एघार हजार १११ सहित कदरपत्रद्वारा सम्मान गरिएको थियो । तीन दिनसम्म मनाइएको वार्षिक उत्सवका अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण भीडभाडका कारण समुदायमा फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group