ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त : पूर्वराजपा समूह असन्तुष्ट


एबीसी / संवाददाता
१६ बैशाख २०७८, बिहिबार   ९ : ४१   बजे

काठमाडौं, १६ बैशाख ।   लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले बिहीवार सूचना निकालेर सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ ९१० र विजयकुमार यादव बाँके क्षेत्र नम्बर ९९१० बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् । उनीहरू चारै जना केही दिनअघि मात्रै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका थिए । प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी ९जसपा० का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको थियो । पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरूले लुम्बिनी प्रदेशको मन्त्री बनेर शपथ ग्रहण गरेका थिए । लुम्बिनीमा चार
यता (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा चार सांसदलाई पदमुक्त गरिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले जसपाका सांसदहरूलाई आफूले कारबाही नगरेको पत्र लुम्बिनी प्रदेशका सभामुखलाई पठाउनुभएको छ ।लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष ठाकुरले प्रदेश सभामा अर्को पत्र पठाउनुभएको हो ।ठाकुरले प्रदेश सभामा पठाउनुभएको पत्रमा लुम्बिनी प्रदेश सभा सदस्यलाई केन्द्रबाट कुनै कारबाही नभएको जनाउनुभएको छ । ‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भइ जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भइ कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिइ प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । यस्तै उज्यालोसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले प्रदेश सभा सदस्यलाई कारबाही गर्नेबारे कुनै छलफल नभएको बताउनुभएको छ । ठाकुर र कर्ण पूर्वराजपा समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group