ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु : पीसीआरको रिपोर्ट आउनुभन्दै पहिल्यै मृत्यु


एबीसी / संवाददाता
१८ बैशाख २०७८, शनिबार   ९ : ५८   बजे

बाँके, १८ बैशाख । बाँके जिल्लामा उपचारको क्रममा रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन, दाङका २ र कपिलवस्तुका एकजना रहेका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ तुलसीपुर उपमहानगरपालिका –१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ ।

बैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यस अघि नै मृत्यु भइसकेको थियो । नेपालगञ्ज उपमहानगरपालिका– ६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज, कोहलपुरमा राती साढे नौं बजे मृत्यु भएको छ । बैशाख १७ गते भर्ना भएका उनको २६ गते पीसीआर गरिएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका – ५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । बैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर परिक्षण गरिएको थियो । गएराती १० बजे उनको मृत्यु भयो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका विरामीको राती ४ बजे मृत्यु भएको छ। मेडिकल कलेज, कोहलपुरमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो।

राती १२ः३० बजे उनको मृत्यु भयो। दाङ दंगीशरण गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ। वैशाख ८ गते भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो। राती ४ बजे मृत्यु भएको छ।योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ भने यहाँ उपचार गराउन आउदा मृत्यु हुने एक सय १७ जना पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu