काठमाडौं, १८ बैशाख । दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार तीन महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको हो। गत माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको र ‘घटना गम्भीरजस्तो देखिएकाले सूक्ष्म अध्ययन गरी बाहिरी सुराक खोज्ने प्रयास गरिरहेका प्रहरीले जनाएको छ । डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा पछिल्लो तीन महिनादेखि पार्किङमा रहेको जानकारीमा आएको समेत बताउनुभयो । उहाले मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान सुरू नभएसम्म केही भन्न सक्ने बताउनुभयो ।
उक्त गाडी कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने अहिले खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । ‘गत वर्षको चैतमा लकडाउन भएका बेला गाडी आएको र गत माघदेखि पार्किङमा रहेको भन्ने मात्रै खुल्न आएको छ,’ डिएसपी सिंहले भन्नुभयो। प्रहरीका अनुसार शनिबार बेलुका एउटा बस पार्किङका लागि त्यो कारनजिकै जाँदा कारको बत्ती बल्यो। त्यसपछि गएर हेर्दा शव देखिएको थियो। र मृतक तिनै जना बालकजस्ता देखिन्छन्। तर शव सडेगलेको देखिएकालेबालक हुन् वा के हुन् भन्ने यकिन भइनसकेको समेत प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्