ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 व्यास नगरपालिकाका विभिन्न नदी किनारबाट अवैधउत्खनन् गर्ने सवारी नियन्त्रणमा


एबीसी / संवाददाता
२० बैशाख २०७८, सोमबार   ६ : ४०   बजे
२० वैशाख:
अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने छ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ । ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ऋषिङ गाउँपालिकाअन्तर्गत रहेको मादी नदी बगरमा बिना अनुमति बाटो बनाइरहेको अवस्थामा बा २ ख ६२४३ नम्बरको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको एक्साभेटरलाई ऋषिङ गाउँपालिकाको कार्यालय बुझाइएकामा रु २२ हजार ५०० जरिवाना भएको छ ।
शुक्लागण्डकी–९ सुरौदीखोला नदी किनारबाट अवैधरूपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ३०७० र ग १ त ३४२१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई नगरपालिका बुझाइएकामा रु १२ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।
त्यस्तै व्यास–५ चिन्तुटारस्थित मादी नदी किनारबाट अवैधरूपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा ग १ त २६३४, ग १ त ३४७२ नम्बर र ग १ त ५०६३ नम्बरका ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि नगरपालिका बुझाइएकामा रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu