ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना सङ्क्रमण बढ्दै : २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू (सूचीसहित)


एबीसी / संवाददाता
२० बैशाख २०७८, सोमबार   ९ : ००   बजे

काठमाडौं, २० बैशाख ।  कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाण्डौ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ ।

यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो ।बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि जोरबिजोर लगाइएको छ ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।सरकारले कोरोना सङ्क्रमणको सङ्ख्या काठमाडौं उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu