ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुसाल र भट्टराईसँग प्रधानमन्त्री ओलीको छलफल


एबीसी / संवाददाता
२४ बैशाख २०७८, शुक्रबार   १० : ३४   बजे

काठमाडौं, २४ बैशाख ।  प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार राती तीन घण्टा बढी छलफल भएको थियो। भेटमा प्रधानमन्त्री ओलीले आफूले पार्टीलाई मिलाएर लैजान चाहेको बताउनुभएको एक स्रोतले जनाएको छ । भुसाल र भट्टराईले भने २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनु पर्ने प्रस्ताव राखेका राख्नुभए पनि ओलीले भने त्यसमा कुनै जवाफ दिनुभएन ।

प्रधानमन्त्रीले छलफल गर्नुअघि अर्थमन्त्री बिष्णु पौडेलले पनि भुसाल र भट्टराईसँग छलफल गरेका गर्र्नुभएको थियो । पौडेलले बिहीबार नै नेपाल पक्षीय नेताहरू सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गर्नुभएको थियो । नेपाल पक्षीय नेतासँग अर्थमन्त्री पौडेलले पार्टी विवाद मिलाउनका लागि कार्यदल बनाउने प्रस्ताव राख्नुभएको थियोतर नेपाल पक्षीय नेताले भने कार्यदललाई स्पष्ट कार्यादेश दिनु पर्ने बताएका थिए। त्यसमा भने पौडेल सहमत हुन नसकेको स्रोतको भनाइ छ। आफूहरूले जेठ २ मा फर्किनु पर्ने स्पष्ट अडान राखे पनि ओली पक्षीय नेताहरूले बीचको बाटो रोज्नमात्रै प्रस्ताव गरेको स्रोतले जनाएको छ । पार्टीभित्रको विवाद समाधानकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ नेता नेपालसँग छलफल समेत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी र बरिष्ठ नेता नेपालबीच राती साढे १० बजेसम्म छलफल भएको थियो। अर्कोतिर प्रधानमन्त्री ओलीले भुसाल र भट्टराईसँग साढे ११ बजेसम्म वार्ता गर्नुभएको थियो । विवाद समाधानकै लागि बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षीय नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group