ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके र बुटवलमा उपचारको क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
२५ बैशाख २०७८, शनिबार   ८ : ५७   बजे

नेपालगन्ज, २५ बैशाख । बाँके र बुटवलमा उपचारको क्रममा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा रातभरीमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक ५ जना मध्य १ जना बर्दिया र ४ जना नेपालगन्ज उपमहानगरका स्थानीय छन् ।

डीसीसीएमसी बाँकेका अनुसार शनिबार साँझ ६ भेरी अस्पताल पु¥याईएका नेपालगन्ज १२ का ६७ वर्षिय पुरुषको अस्पताल पु¥याएको ४५ मिनेटमै मृत्यु भएको थियो । त्यसैगरि बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बर्दिया बढैयाताल ७ का ५२ वर्षिय पुरुषको शनिबार साँझ ७ बजे, २१ गते सोहि अस्पताल भर्ना भएका नेपालगन्ज १ का ६४ वर्षिय पुरुषको शनिबार राती ८ बजे, बैशाख १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० की ३८ वर्षिया महिलाको आज बिहान ४ः३० बजे र बैशाख १४ गते भारतको लखिनपुरमा कोरोना पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी नेपालगन्ज १४ की ३८ वर्षिया महिलाको बिहान ६ः४५ बजे मृत्यु भएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिनुभयो ।आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १७४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसैवीच बुटवलको कोरोना अस्पतालमा थप २ संक्रमित बिरामीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको गौतमले जानकारी दिनुभयो ।
दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group