ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने ओलीको तयारी (विश्वासको मत नै नलिएर प्रधानमन्त्री बन्ने यस्तो छ तयारी)


एबीसी / संवाददाता
२७ बैशाख २०७८, सोमबार   ८ : ३७   बजे

काठमाडौँ, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीनिकट एक उच्च स्रोतका अनुसार सम्भवतः ओलीले आज ११/१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुनेछ । प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको एक स्रोतले जनाएको छ । स्रोतले भन्यो ‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो योजना बनेको हो।’ ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११/१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउनुहुने छ र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ। यही तयारी अनुसार काम भयो भने पाँच वर्षअघिको घटना दोहोरिनेछ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा हतारहतार राजीनामा दिनुभएको थियो ।
यसपटक ओलीले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनु तथा विपक्षीले आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुअघि नै विश्वासको मत लिने निर्णय गर्नुभएको थियो । त्यसैका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दै छ। राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि आज नै संसदको विशेष अधिवेशन अन्त्य गर्ने तयारी छ।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group