ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणको दर तिब्र : नेपालमा हरेक १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै


एबीसी / संवाददाता
२८ बैशाख २०७८, मंगलबार   ८ : ४२   बजे

काठमाडौं, २८ बैशाख । कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०÷३५ प्रतिशतलाई संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।

‘अझै उच्च बिन्दुमा पुग्नै बाँकी छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो , ‘जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको देखिन्छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्छ ।’

यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक सातामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार वैशाखका २७ दिनमा ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो । कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा मृत्युदर १ दशमलव १ छ ।

पछिल्ला २७ दिनमा सबैभन्दा बढी वाग्मती प्रदेशमा २ सय ५५ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २ सय ५४, प्रदेश २ र सुदूरपश्चिममा ८०–८०, गण्डकीमा ५४, प्रदेश १ मा ४७ र कर्णालीमा २९ जनाले ज्यान गुमाएका छन् । दुई जना भारतीय नागरिकको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्ला २७ दिनमा मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरकी ९ दिने बालिका छिन् । रामेछाप दोरम्बाकी उनको आइतबार मृत्यु भएको हो । वैशाख १८ मा धनुषाकी १० दिनकी बालिकाको कान्ति बाल अस्पतालमा कोरोनाले मृत्यु भएको थियो । यो अवधिमा सबैभन्दा बढी उमेरका काठमाडौं नागार्जुनका १ सय २ वर्षीय वृद्धको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भयो ।

मृतक संख्या बढ्दै जाँदा पशुपति आर्यघाटमा शव व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ । शनिबार ७६, आइतबार ८८ जनाको शव व्यवस्थापन गरिएकामा सोमबार राति १० बजेसम्म ७७ वटा शव व्यवस्थापन भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ‘अझै शव ल्याइरहेका छन्, कति थपिने हो टुंगो छैन,’ कोषका एक कर्मचारीले भने ।

संक्रमण बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा वैशाख १६ देखि निषेधाज्ञा लगाइएको छ । अन्य विभिन्न जिल्लामा संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ यता सोमबारसम्ममा अर्थात् १२ दिनमा देशभरि ६ सय ४८ जनाको मृत्यु भएको छ । ‘अवस्था डरलाग्दो छ । अब कसरी जोगाउने भन्ने चिन्ता छ,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भन्नुभयो , ‘अक्सिजन व्यवस्थापन गर्नै नसकेर धेरैले ज्यान गुमाए । कतै बेड छ तर अक्सिजन छैन । कतै अक्सिजन छ, बेड खाली नहुँदा उपचार नपाएर ज्यान गुमाउनुपर्‍यो ।’ संक्रमित भएर घरमै बस्ने र थलिएर मात्रै अस्पतालमा जाने हुनाले पनि समस्या भएको उनले बताए । ‘अक्सिजनको लेबल एकदमै कमी भएपछि मात्रै अस्पताल पुगेका हुन्छन् । त्यतिबेला अस्पतालमा न बेड हुन्छ न अक्सिजन,’ उहाँले भन्नुभयो ।

भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डेले ज्वरो आउँदा नजिकको मेडिकलमा ‘वाइडल टेट’ गराएर एन्टिबायोटिक खाएर बस्ने र शिथिल भएपछि मात्रै अस्पतालमा जानेहरूको मृत्यु हुने दर बढेको बताए । ‘दुईरचार दिन एन्टिबायोटिक खान्छन् अनि अक्सिजन लेभल ८० भन्दा कम भएपछि मात्रै अस्पताल आउँछन् । अस्पतालको आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामी हुन्छन्, बेड हुँदैन,’ उहाँले भन्नुभयो ‘जसोतसो भर्ना गर्छौ तर राम्ररी केयर गर्न सकिँदैन । पहिला ५० जना बिरामी हेर्ने चिकित्सकले २ सय ५० भन्दा बढी हेर्नुपरिरहेको हुन्छ । यस्ता बिरामीलाई १ जना नर्स चाहिनेमा एक जनाले २० जनाभन्दा बढी हेर्नुपरेको छ अनि कसरी बचाउन सकिन्छ ?’

सरकारले स्वास्थ्य संकटकाल लगाएर निजी अस्पतालमा पनि संक्रमितको उपचार गर्नुपर्नेमा निजीलाई बाध्यात्मक व्यवस्था गर्न नसकेको उहाँले बताउनुयभो । मृत्युको प्रमुख कारण अक्सिजन व्यवस्थापन नहुनु रहेको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक ड। सागर राजभण्डारीले बताउनुभयो । ‘एउटा सिलिन्डरमा दुई जनालाई बाहिर राखेर अक्सिजन दिइरहेका छौं । यस्तो अवस्थामा गम्भीर खालका बिरामीलाई बचाउनै गाह्रो छ,’ उहाँ भन्न्ुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu