ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग


एबीसी / संवाददाता
१ जेष्ठ २०७८, शनिबार   १२ : १८   बजे

भक्तपुर, १ जेठ । मध्यपुरथिमि नगरपालिकाले रु ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेको थियो । परीक्षण सफल भएपछि प्लान्टबाट अक्सिजन पाइप मार्फत बिरामीको शय्यामा पुरयाएर अक्सिजन वितरण गर्न थालिएको हो ।

प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई दिन थालिएको हो । नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नेपाल मै पहिलो पटक यो अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएका छौ, अहिलेको अभावमा यसले धेरै राहत दिएको छ ।”
एकदिन अघिसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन अक्सिजनको खोजीमा सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, अक्सिजन कम्पनीसम्म धाउने, एउटा सिलिण्डर खोज्दै बिरामी बचाउन व्यस्त रहनुपर्ने अवस्थाबाट अलिकति राहत मिलेको उहाँको भनाइ छ । हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।

“बल्ल मेशिन ल्यायौँ, यो प्लान्ट राख्न केहीले अबरोध गर्न खोज्दा ढिला भयो, १० दिनमा आइसियू भवनमा जोडेर टहरा बनाएर चार दिनसम्म १५ जना रातदिन खटेर प्लान्ट जोडियो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखदेखि इञ्जिनियरको टोली खटेर अक्सिजन उत्पादन गरेपछि अक्सिजन खोज्दै भौतारिनु पर्ने तनाबबाट केही हदसम्म मुक्त भएका छौ ।”
प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ । आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने छ । विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो ।
नगरपालिकाले हाल ४२ वटा शय्या सञ्चालन गरी कोभिडका बिरामीको उपचार गरेको छ । अस्पतालको पुरोना क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइतलामा थप २० शय्या विस्तार गरिसकिएको छ । अक्सिजन अभावले थप बिरामी राख्न नसके पनि अब केही दिनभित्रै ती शय्या पनि सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

आउँदो १८ तारिखमा अमेरिकामा रहेको नेपाल इन्गेज नामक संस्था तथा नेपालका लागि पूर्वराजदूत स्कट डेलिसिले सहयोग सङ्कलन गरेर करिब ५५ लाखमा चीनबाट ४० वटा अक्सिजन उपकरण यस अस्पताललाई सहयोग आउने भएको छ । नगरप्रमुख श्रेष्ठले अमेरिकाका दाताहरुबाट विद्युतमा जोडेर अक्सिजन प्रवाह गर्न सकिने ‘अक्सिजन कन्सन्ट्रेटर’ ४० वटा तीन दिन भित्र आइपुग्ने बताउनुभयो । आईसियू र भेन्टिलेटरमा राख्न नपर्ने आकस्मिक कक्ष तथा आइसोलेसनमा राखेर उपचार हुने बिरामीका लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ जडान गरी अक्सिजन दिन सकिने छ ।
अक्सिजन नभएकै कारण भर्ना भएका बिरामी फर्काउनुपर्ने अवस्थाको अब अन्त्य हुने र केही दिन मै २० शय्या थपेर कोभिडका कम्तीमा ६० बिरामीको उपचार गरिनेछ । हाल सात भेन्टिलेटर, १० आइसियू, १४ हाइकेयर युनिटसहित ४२ शय्या सञ्चालन गर्दै आएको यो अस्पताललाई काठमार्डौ महानगरपालिकाले थप तीन भेन्टिलेटर सहयोग गर्ने भएको छ । अस्पतालमा हाल दुई वटा पोर्टेबल भेन्टिलेटरसमेत सञ्चालनमा छन् ।

बाबा सकहकारीको नेतृत्वमा मध्यपुरथिमि भित्र सञ्चालित केही सहकारीले हाइकेयर युनिटका लागि १० वटा मोनिटर सहयोग गर्ने भएका छन् । त्यस्तै एन्फो गैरसरकारी संस्थाले १० शय्या, टेबल, मोनिटर, तीन वटा इसिजि, पिपिइ, स्यानिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारमा नगरपालिका सक्रिय भएको नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा शय्यादेखि प्रविधिसमेत थप गर्दै आफ्ना नागरिकलाई सुरक्षित राख्न विभिन्न निकायबाट सहयोग माग र प्राप्त भइरहेको बताउनुभयो ।

नगरपालिकाका सूचना अधिकृत एवं कानून शाखा प्रमुख केशव सिलवालले नगरपालिकाले हाल बोडेको कृषि विकास बैंकको तालिम भवनमा कोभिड सङक्रमित आफ्ना नगरवासीका लागि दुई स्वास्थ्यकर्मी सहितको आइसोलेसन सञ्चालन गरेको जानकारी दिनुभयो । ५५ जनासम्म सङ्क्रमित राखेको यहाँ नगरपालिकाले २४ सै घण्टा दुई जना स्वास्थ्यकर्मी परिचालन गरी आइसोलेसनमा निःशुल्क बिरामीको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Search and Rescue Intensified in Nepal’s Flood-Hit Rasuwa

Nepal Receives Bodies of Nine Flood Victims from India

Nepalese Leader Calls for National Consensus Post-Disaster

Venezuela Under Siege: Balancing Criticism with Solidarity

Extreme Heat Wave Sweeps Europe, Linked to Climate Change and Conflict

Uber Lays Off 3,300 Employees in Largest Cuts Since Pandemic

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu