ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक, दुई दिनमै अक्सिजनको अभाव कम : तरल अक्सिजन ल्याउन इन्डियन आयल कर्पोरेसनलाई पत्राचार – स्वास्थ्य मन्त्रालय


एबीसी / संवाददाता
२ जेष्ठ २०७८, आइतबार   १० : २७   बजे

काठमाडौं, २ जेठ ।  अस्पतालमा अक्सिजनको हाहाकार भैरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दाबी गरेको छ । आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भैरहेको पनि बताउनुभयो । यसैबीच ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट हिजो अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज अक्सिजन सिलिण्डर लिन गएराति नै चीनको राजधानी बेइजिङ गएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार सिलिण्डरसँगै चीनबाटै आठवटा अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाजले लगातार चार दिनसम्म बेइजिङबाट दैनिक ५ सय ५० सिलिण्डर ल्याइनेछ । यस्तै नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न ठाउँबाट पछिल्लो २४ घण्टामा ६ सय ७३ अक्सिजन सिलिण्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिण्डरमध्ये ३ सय २६ भरिएका र ३ सय ४७ खाली छन् । प्रहरीले हिजो सङ्कलन गरेका ६ सय ७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७ सय ६७ सिलिण्डरमध्ये ५ सय ८५ कोरोना अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल आयाल निगमले पनि तरल अक्सिजन आयात गर्ने तयारी गरेको छ । भारतबाट तरल अक्सिजन ल्याउनको लागि इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu