ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पराकम्प आउने क्रम जारी, घर भत्कँदा दुईजना घाइते


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   ८ : ४५   बजे

लमजुङ, ५ जेठ  । लमजुङको मस्र्याङदी गाउँपालिका भुलभुले क्षेत्र केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ हेक्टरको भूकम्प गएको छ ।भूकम्पको ठूलो झट्काका कारण मानिसहरु त्रसित भएर घर बाहिर निस्केका छन् । लमजुङ केन्द्रविन्दु भएर ठूलो धक्का महसुस भएपछि नागरिक निकै आत्तिएका छन् ।

कोरोना संक्रमणको अवस्थामा घरमै सुरक्षितका साथ बस्दै आएका नागरिक भूकम्पको डरले मास्कविना बाहिर निस्कन बाध्य भएका छन् । बेंसीसहर नगरपालिका ८ की सुमित्रा भुजेलले भूकम्पको निकै ठूलो धक्का महसुस भएको बताउनुभयो । सुतिरहेको अवस्थामा एक्कासि भूकम्प आउँदा हतारहतार उठेर बाहिर निस्केको बताउनुभयो । ‘भूकम्पलाई विर्सेको थिएँ । आजको भूकम्पले २०७२ बैशाख १२ गतेको याद आयो’ उहाँले भन्नुभयो, ‘कोरोनाको डर एकातिर छ, अर्को डर भूकम्पको । अब कसरी बस्ने होला । बाहिर निस्कन कोरोनाले दिँदैन । भित्र बस्न भूकम्पले ।’ बेंसीसहर नगरपालिका ८ कै प्रमोद अधिकारीले बैशाख १२ गतेको भूकम्पको याद आउने गरी भूकम्प गएको बताउनुभयो ।

भूकम्पको ठूलो धक्का आएपछि जुरुक्क उठ्दै सडकमा निस्केको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीलाई अहिले कोरोनाको डर थियो । भूकम्प त विर्सिसकेका थियौं । आजको पराकम्पले भूकम्पको सम्झाना आयो । सरकारले भन्छ, कोरोना संक्रमणको समयमा बाहिर निस्कन पाइँदैन । भूकम्पले भन्छ, बाहिर गएर बस ।’ भूकम्प जाँदा मस्र्याङदी गाउँपालिका ५ घर भई बेंसीसहर नगरपालिका ६ चनौटे बस्दै आएका ३६ बर्षीया उमा गुरुङ घर भत्किदा घाइते भएका छन् । बेंसीशहर नगरपालिका ११ चिति रामचोकफाँटमा घरमा क्षति पुग्दा एकजना घाइते भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो । यस्तै, मस्र्याङदी गाउँपालिका ६ ठुलिबेंसीका २२ बर्षीय गोविन्द अधिकारी घरबाट हाम फाल्ने क्रममा घाइते भएको जानकारी आएको छ ।

मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका क्षेत्रमा घरहरु भत्किएको जानकारी आइरहेपछि एकिन विवरण नआएको बताउनुभयो । क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो ।भूकम्प गएपछि बेंसीसहरका चोकचोकमा मानिसको भिडभाड बढेको छ । पटकपटक झट्का आइरहँदा निकै आत्तिएका मानिसहरुले कोरोनासंगै अब भूकम्पबाट डराउनुपरेका बताएका छन् । भूकम्पको धक्का लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायतको ठाउँमा धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group