ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार असफल प्रमाणित भयो – पूर्वउपकुलपति


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   ९ : ५२   बजे

काठमाडौं, ५ जेठ । जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि सरकारलाई गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। मंगलबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरूले कोरोनाबाट बच्ने साधन खोप नै भएको उल्लेख गर्दै यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्। १० जना पूर्वउपकुलपतिले विज्ञप्ति जारी गरी कोभिशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने नागरिकले खोप पाउन नसकेको भन्दै खेद व्यक्त गरेका छन् । ‘सरकारको यो निष्क्रियताप्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस्’ उपकुलपतिहरुको विज्ञप्तिमा भनिएको छ ।पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यको विज्ञप्तिमा जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको उल्लेख गरिएको छ ।

‘कोभिड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो’ विज्ञप्तिमा भनिएको छ ।पूर्वउपकुलपतिहरुले कमिशनखोरको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्टा भएको बताएका छन् ।
६५ वर्षमाथिका ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता पुगे पनि सरकारले दोस्रो डोज खोप व्यवस्था गर्न सकेको छैन।उनीहरूले जनताको अभिभावकको भूमिकामा सरकार असफल भएको पनि बताएका छन् । प्राथमिकता तोकिँदा पनि सामाजिक न्यायको कदर नगरिएको र सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान नदिएको उनीहरूको भनाइ छ ।

 

कोरोनाविरूद्धको खोप उपलब्धताबारे सरकार गम्भीर हुन पूर्वउपकुलपतिहरूको आग्रह

नेपालमा कोरोना संक्रमणको गति अति तीब्र रूपमा बढेको छ र यो गति संक्रमणको उच्च गति भएका विश्वका मुलुकहरूमध्ये नेपाल पनि परेको छ । कोविड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो । कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा हो । जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको छ ।

कोविशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने जनताले खोप पाउन सकेको छैन । उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन सकेको छैन । यी समस्याहरू सुल्झाउन सरकार के गरिरहेको छ, जनतालाई थाहा छैन । सरकारको यो निष्क्रियता प्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्वउपकुलपतिहरू सरकारसग माग गर्दछौँ ।

महेशकुमार उपाध्याय                        केदारभक्त माथेमा
सुरेशराज शर्मा                                 कमलकृष्ण जोशी
नविनप्रकाश जङ्ग शाह                      कैलाशनाथ प्याकुरेल
तोरणबहादुर कार्की                          खगेन्द्र भट्टराई
हिराबहादुर महर्जन                          नरेशमान बज्राचार्य

२०७८ जेठ ४ 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group