ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके र रूपन्देहीमा कोरोनाबाट थप २६ जनाको मृत्यु


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   १० : २७   बजे

काठमाडौं, ५ जेठ ।  बाँकेमा उपचाररत् थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ।
मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका छन्। नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट अहिलेसम्म ४६२ जनाको मृत्यु भएको छ। जसमध्ये बाँकेका २५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीका अनुसार कोहलपुरमा बेलुकी साढे ८ बजे रुकुम पश्चिमको सानोभेरी नगरपालिका–११ का ३६ वर्षीय पुरुष मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई गरिएका ३ गते भर्ना गरिएको थियो ।

त्यस्तै कोहलपुर नगरपालिका–१२ का ४१ वर्षीय पुरुषको राति ८ बजेर ३५ मिनेटमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।बर्दिया बढैयाताल गाउँपालिका–२ का ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–६ का ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा बेलुकी ९ बजे मृत्यु भएको छ । जेठ २ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।राप्तीसोनारी गाउँपालिका–२ की ५९ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको राति ११:३० बजे मृत्यु भएको छ ।

भेरीमै कैलालीको टीकापुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको राति २ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएकी उनलाई ३ गते भर्ना गरिएको थियो ।कोहलपुर नगरपालिका–११ की ५८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । उनको जेठ ४ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ३ बजे मृत्यु भएको अस्तपालले जनाएको छ ।

कोहलपुरमै नेपालगन्ज उपमहानगरपालिका–३ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर परीक्षण गरिएका उनलाई २८ गते भर्ना गरिएको थियो । उनको बिहान चार बजे मृत्यु भएको छ । रुकुम–पश्चिमको त्रिवेणी गाउँपालिका–१ की २७ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर परीक्षण गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।नेपालगन्ज–४ का ६७ वर्षीय पुरुषको भेरीमा बिहान ४ बजे मृत्यु भएको छ । जेठ १ गते पीसीआर परीक्षण गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।कोहलपुर नगरपालिका–४ का ४२ वर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको छ । वैशाख २२ गते पीसीआर परीक्षण गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ४ बजे मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ का ६३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर परीक्षण गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो । उनको बिहान ५ बजे मृत्यु भएको हो ।बर्दियाको ठाकुरबाबा नगरपालिका–१ का ३८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २६ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो । उनको बिहान सवा ५ बजे मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर परीक्षण गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । उनको बिहान साढे ५ बजे मृत्यु भएको छ ।कैलालीको लम्कीचुहा नगरपालिका–५ की ६८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २९ गते भर्ना गरिएकी उनको ३१ गते पीसीआर परीक्षण गरिएको थियो । उनको बिहान ६ :३० बजे मृत्यु भएको छ । यसैवीच रुपन्देहीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना र भैरहवास्थित भिम अस्पतालमा तीन जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक पत्रकारको उपचारकै क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षीया महिला , यस्तै बुटवल १३ का ५२ वर्षीय पुरुषको , बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

बैशाख २५ देखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ५ मा स्थायी घर भएका पत्रकार हिक्मत चौधरीको पनि बिहान ३ः१५ बजे मृत्यु भएको चौधरीको परिवारले पुष्टि गरेका छन् । उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको राती १२ः४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षीय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षीय पुरुषको मध्यराति १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिनुभयो । यता अस्पतालको आकस्मिक कक्षमा उपचाररत २ जनाको आज बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार बैशाख २८ गेते देखि अस्पतालको इमर्जेन्सीमा रहेर उपचार गराईरहेकी बुटवल १३ की ८० वर्षिया महिलाको आज बिहान ६ः५८ बजे मृत्यु भएको छ भने मंगलबार इमर्जेन्सीमा भर्ना भएका ओमसतिया रुपन्देहीका ४७ वर्षिय पुरुषको पनि आज बिहान ५ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group