ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा एकै दिन १२ हजार पाँच सय ९३ जनाको मृत्यु : एक लाखभन्दा बढी सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल


एबीसी / संवाददाता
६ जेष्ठ २०७८, बिहिबार   ७ : ५८   बजे

काठमाडौं, ६ जेठ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएर उपचार गराइरहेकामध्ये आज (बिहीबार) बिहानसम्ममा एक लाखभन्दा बढी सङ्क्रमितको स्वास्थ्य अवस्था निक्कै खराब रहेको छ ।स्वास्थ्य अवस्था खराब रहेकाहरुको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । विश्वमा कोरोना सङ्क्रमित एक करोड ६३ लाख १२ हजार सात सय १४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये हालसम्म एक लाख एक सय २४ जनाको अवस्था गम्भीर रहेको हो ।
विश्वका विभिन्न मुलुकमध्ये सबैभन्दा धेरै भारतमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । त्यसपछि ब्राजिलमा आठ हजार तीन सय १८ र अमेरिकामा सात हजार छ सय ६१ जनाको स्वास्थ्य अवस्था निक्कै खराब रहेको छ । यी तीन मुलुकमा मात्रै २४ हजार नौ सय २३ सङ्क्रमितको अवस्था जटिल छ ।विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ५७ लाख ८२ हजार सात सय १६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।हालसम्म १६ करोड ५५ लाख २६ हजार दुई सय ४१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ४० हजार छ सय ६८ जना नयाँ बिरामी थपिए ।

एकै दिन १२ हजार पाँच सय ९३ जनाको मृत्यु भयो । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख ३० हजार आठ सय ११ पुगेको छ ।कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ५८ लाख ९९ हजार तीन सय ९१ जना सङ्क्रमित उपचाररत छन् । उपचार गराइरहेकामध्ये सात हजार छ सय ६१ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।

अमेरिकामा दुई करोड ७२ लाख ९७ हजार नौ सय १८ जना उपचारपछि निको भइसकेका छन् । हालसम्म तीन करोड ३७ लाख ९९ हजार दुई सय ३१ जनामा कोरोना यकिन भइसकेको छ । पछिल्लो २४ घण्टामा २७ हजार ७१ जना नयाँ बिरामी थपिए ।

एकै दिन छ सय नौ जना सङ्क्रमितको मृत्यु भयो । अमेरिकामा हालसम्म छ लाख एक हजार नौ सय २२ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।छिमेकी मुलुक भारतमा आठ हजार नौ सय ४४ जनाको अवस्था निक्कै गम्भीर छ । गम्भीर बिरामी रहेकामध्ये भारत विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो । तर कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वको दोस्रो नम्बरमा छ ।

भारतमा अहिले ३१ लाख ३५ हजार पाँच सय ६६ सङ्क्रमितको उपचार भइरहेको छ । कोरोना पुष्टि भएकामध्ये दुई करोड २३ लाख ४८ हजार छ सय ८३ जना उपचारपछि निको भएका छन् ।जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ५७ लाख ७१ हजार चार सय पाँच पुगेको छ । २४ घण्टामा दुई करोड ७६ हजार दुई सय ६१ नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा थपिएका नयाँ सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

एकै दिन भारतमा तीन हजार आठ सय ८० सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण दुई लाख ८७ हजार एक सय ५६ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ ।ब्राजिलमा गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या आठ हजार तीन सय १८ रहेको छ । स्वास्थ्य अवस्था खराब भएका सङ्क्रमित धेरै रहेकामध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक ब्राजिल हो । कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वको तेस्रो नम्बरमा छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये १० लाख ४३ हजार दुई सय नौ जनाको उपचार भइरहेको छ । एक करोड ४३ लाख ३० हजार एक सय १८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।ब्राजिलमा हालसम्म एक करोड ५८ लाख १५ हजार एक सय ९१ जनामा कोरोना पुष्टि भइसकेको छ । एकै दिन ७९ हजार सात सय छ जना नयाँ बिरामी थपिए ।२४ घण्टाभित्र ब्राजिलमा दुई हजार चार सय ८५ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ४१ हजार आठ सय ६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group