ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा विघटन : दलहरु औपचारिक र अनौपचारिक छलफलमा


एबीसी / संवाददाता
८ जेष्ठ २०७८, शनिबार   ९ : ४६   बजे

काठमाडौं, ८ जेठ । प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ ।

त्यसबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।देउवा निवास बुढानिलकण्ठमा केहीबेरमा बैठक सुरु हुने कांग्रेसका नेताहरुले बताएका छन् । यस्तै नेकपा माओवादी केन्द्रले पनि उत्पन्न परिस्थितिबारे बिहानैदेखि आन्तरिक छलफल सुरु गरेको छ । उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु बिहानैदेखि औपचारिक र अनौपचारिक छलफलमा जुटेको नेता देव गुरुङले जानकारी दिनुभयो । यस्तै जनता समाजवादी पार्टीका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेका छन् । जसपाले आज बिहान ११ बजेका लागि कार्यकारिणी बैठक डोकेको र बैठकले थप निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । जसपामा अध्यक्ष महन्थ ठाकुर समूह तटस्थ बस्दा वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई समस्या भएको थियो । यस्तै नेकपा एमालेले पनि औपचारिक र अनौपचारिक छलफल सुरु गरेको छ । आज बेलुकासम्म अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय आउने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो। यस्तै अब कसरी अघि बढ्ने भन्नेबारे एमालेको खनाल-नेपाल समूहले पनि छलफल गर्दै छ । बिहान ११ बजे छलफलको समय तय भएको र अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय गरिने खनाल-नेपाल समूहका नेता घनश्याम भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group