ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एमालेले आज थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने


एबीसी / संवाददाता
१२ जेष्ठ २०७८, बुधबार   ९ : १२   बजे

काठमाडौँ, १२ जेठ । नेकपा एमालेले आज थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।  अस्ति बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भए अनुसार आज उनीहरुलाई पत्र पठाउन लागिएको नेकपा एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटी बैठकले अस्ति निर्णय गरेको भए पनि २ दिनसम्म केही विषयमा छलफल भएको र सबैले पत्रमार्फत नै जवाफ पठाउँछु भनेपछि आज पत्र पठाउन लागिएको सचिव तामाङको भनाइ छ । थप स्पष्टीकरण सोध्ने निर्णय गरिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका रहेका छन् ।

अस्ति सोमबारकै स्थायी कमिटी बैठकले नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीलगायत ११ जनालाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको थियो । पार्टीभित्रको विवाद समाधानका लागि दुवै तर्फबाट ५/५ जना गरेर १० सदस्यीय कार्यदल बने पनि दुवै समूहले आफ्ना गतिविधि नरोक्दा नेकपा एमाले फुटको संघारमा पुगेको छ । खनाल–नेपाल समूहले वाग्मती प्रदेशको राष्ट्रियसभा चुनावमा रामबहादुर थापालाई असहयोग गरेको थियो भने संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको क्रममा विपक्षी गठबन्धनलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu