ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले स्थायी कमिटी बैठक : एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय


एबीसी / संवाददाता
१८ जेष्ठ २०७८, मंगलबार   ४ : ०७   बजे

काठमाडौं १ जेठ ।  नेकपा(एमाले)ले पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका लागि भइरहेका छलफलहरुको समिक्षा गर्दै पार्टी एकताको निम्ति अन्तिमसम्म पनि प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भइरहेका छलफलहरुका बारेमा संक्षिप्त विवेचना गरेका छौँ । नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने छलफल गरेका छौँ । निर्णय गरेका छौँ ।’

बैठकले सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्नका निम्ति दबाब दिईएको भन्दै त्यस्तो दबाव स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल नखाने भएकाले यस्तो गतिविधि गर्नु नहुने निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सर्वोच्च अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्नेगरी जे ढंगका दबाव, अस्वस्थखालका गतिविधि भइरहेका छन् त्यसको बारेमा समिक्षा ग¥यौँ । आफुले भनेकै न्यायाधिश चाहिन्छ र आफुले भनेजस्तै फैसला चाहिन्छ भन्ने ढंगले सिर्जना गरिएका दबाबहरु स्वतन्त्र न्यायपालिकाको मर्मसँग मेल खादैनन् । यस्ता कुराहरु उचित होइनन् र यस्तो हुनुहुँदैन भन्ने हामिले निष्कर्ष निकालेका छौँ ।’

त्यसैगरी बैठकले बजेट जनताको चाहाना अनुसारको अहिलेको आवश्यकतालाई पुर्ति गर्नेगरी आएको निष्कर्ष निकालेको छ । लुम्बिनीमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीलाई अन्र्तघात भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । लुम्बिनीको अन्र्तघातको सम्बन्धमा थप समिक्षा, अध्यययन गरेर त्यसबारेमा आवश्यक निर्णय गरिने पनि उहाँले बताउनुभयो ।

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता ज्ञवालीले आजको बैठकमा माधव नेपाल पक्षका स्पष्टिकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने बारे आजको बैठकमा एजेण्डा नभएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एकतालाई सकेसम्म जोगाउन सकियोस् । धेरैभन्दा धेरै साथीहरु पार्टीको मुलधारमा अडिनुस् भन्नका निम्ति हाम्रो प्रयास जारी छ ।’ एकता जोगाउन बनेको कार्यदलमा परेका केही नेता कारबाहीमा परेको अवस्थामा कार्यदल अस्तित्वमा नरहेको स्पष्ट पार्दै उहाँले पार्टी एकता बचाउनको निम्ति नेताहरुबीच कुराकानी भने भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group