ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा पाँच राजनीतिक गठबन्धनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र


एबीसी / संवाददाता
१९ जेष्ठ २०७८, बुधबार   २ : १९   बजे


काठमाडौँ,  १९ जेठ :
भक्तपुरका पाँच राजनीतिक गठबन्धनले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरूपमा विभिन्न ११ वटा माग र कोभिडको महामारीविरुद्ध सबै शक्ति एकताबद्ध भएर लड्नुपर्ने बेलामा सरकार गलत बाटोमा हिँडेको आरोपसहित ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा कोभिड नियन्त्रणमा प्रभावकारी कदम चाल्न, कोभिडविरुद्ध तत्काल खोपको व्यवस्था गर्न, कोभिडका कारण बिरामी भएका सबै नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा अस्पतालमा आवश्यक औषधि र उपकरणको व्यवस्थापन गर्न, लकडाउनले अभावसँग जुधिरहेका नागरिकलाई तत्काल राहत दिन, कोभिडविरुद्ध अग्रमोर्चामा रहेर लडेका स्वास्थ्यकर्मी र राष्ट्रसेवकको मनोबल उच्च राख्न शत्प्रतिशत भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, लकडाउनका कारण आम विद्यार्थीको शैक्षिक सत्र बिग्रिएकाले वैकल्पिक व्यवस्था गर्न, किसानलाई सहज रूपमा आफ्नो उपज बजारमा लैजान सहजीकरण गर्दै खेतीपातीको यो समयमा मल, बीउबिजनको सहज रूपमा सुपथ मूल्यमा उपलब्ध गराउन, लकडाउनका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायीहरूलाई किस्ता तिर्ने समय थप गर्न र लकडाउन अवधिको ब्याज र हर्जना मिनाह गरी पुनर्कर्जाको व्यवस्था गर्न, विकास आयोजनाहरूलाई सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउन र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गरी आपूर्तिको सहज वातावरण निर्माण गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपाली कांग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा एमालेका अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका शिवहरि नेपालले हस्ताक्षर गर्नुभएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पाँचदलको मागसहितको ज्ञापनपत्र नेपाल सरकारसमक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Xi Urges New Middle East Security Framework During Rare Egypt Visit

Putin and Zelenskyy Issue Threats as Strikes Rock Ukraine, Russia

US-Venezuela Oil Deal: Impact on Fuel Prices Uncertain

US Bombing Strikes Iranian Wedding, Killing Four Civilians

Xi Urges China-Egypt Cooperation Amid Turbulent Landscape

Can Ukraine’s Drones Shut Down Russia’s Airspace? Implications for Airlines

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu