ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बतको गुडविल फाउन्डेशनबाट नेपाललाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग


एबीसी / संवाददाता
२२ जेष्ठ २०७८, शनिबार   ६ : २१   बजे

काठमाडौँ, २२ जेठ । चीनको तिब्बतमा रहेको सामाजिक संस्था गुडविल फाउन्डेसनले नेपालका लागि ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

गुडविल फाउन्डेशनका महासचिव मा झिजियानले आज ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।


नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो महामारीविरुद्ध संयुक्त रुपमा लड्न चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्स्चेन्ज, सिल्क रोड एनजीओ कोअपरेशन नेटवर्क र गुडविल फाउन्डेशनद्वारा सुरु गरिएको ‘कोभिड–१९ सिल्क रोड कम्युनिटी विल्डिङ इनिसियटिभ’को पहलमा यी स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको हो । गुडविल फाउन्डेशनको अगुवाईमा चीनका गैरसरकारी संस्थाहरु र सहयोगी दाताहरुमार्फतसंकलन गरिएका यी स्वास्थ्य सामाग्री नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरिएको छ ।

गुडविल फाउन्डेशन र नेपाल चीन कैलाश कल्चर प्रमोशन एशोसिएसनले ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् । यसैगरी सिचुवान प्रान्तको लेसान शहरले लुम्बिनी विकास कोषलाई १० वटा कन्सट्रेटर सहयोग गरेको छ । लेसान शहरको लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध रहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा बोल्दै महावाणिज्य दूत ढकालले महामारी नियन्त्रणका लागि चीनबाट नेपाललाई भैरहेको निरन्तरको सहयोगप्रति आभार व्यक्त गरे । ढकालले सयौंवर्षदेखि नेपाल र चीनबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै गुडविल फाउन्डेशन र नेपाललाई माया गर्ने अन्य संस्थाहरुको सराहना गरे । चीन र नेपालले एकआपसलाई सधैंभर हरेक अप्ठ्ेरोका सहयोगी बनेको बताए । ढकालले भने, ‘जनवादी गणतन्त्र चीन सरकार र तिब्बत स्वायत्त सरकारलगायत अन्य सहयोगी गैरसरकारी संस्थाहरुले नेपालको महामारी नियन्त्रणका लागि काँधमा काँध मिलाएका छन् ।’

त्यसअवसरमा गुडविल फाउन्डेशनका निर्देशक मा ले नेपाल एक्लै नभएको जिकिर गरे । नेपाललाई संकट पर्दा चिनियाँ जनताले सधैंभर साथ दिने उनले प्रतिद्धता व्यक्त गरे । मा ले भने, ‘हामीबीच रहँदै आएको मित्रवत भाइचारा सम्बन्ध आगामी पिढीसम्म पनि जीवन्त रहनेछ । यो सम्बन्धलाई मजबुद बनाउन दुवै पक्ष मिलेर अघि बढ्नु पर्दछ । नेपाललाई आइपर्ने सबै संकटको सामना गर्न हामी सधैंभर तत्पर रहनेछौं ।’

यो सहयोग गुडविल फाउन्डेशनको ‘फाइट अगनेष्ट कोभिड १९, यू आर न अलोन’को एक हिस्सा हो । महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री ल्हासाबाट सडकमार्गहुँदै काठमाडौंका लागि आजै पठाइसकिएको छ ।

फाउन्डेशनले गत वर्ष पनि नेपालमा २ लाख ३० हजार मेडिकल मास्क सहयोग गरेको थियो । यसैगरी, काठमाडौं, जनकपुर लगायतका विभिन्न स्थानमा हात धुने केन्द्रको स्थापना गरेको थियो । फाउन्डेशनले यसअघि नेपालमा कैयौं कल्याणकारी कार्य गर्दै आएको छ । नेपाली बेरोजगार युवालाई विभिन्न सिपमुलक प्रशिक्षण दिएर स्वरोजगारमा उत्प्रेरित गर्ने काममा फाउन्डेसनले सहयोग गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट पीडित बालबालिको शैक्षिक स्तरोन्नती गर्नका लागि पनि फाउन्डेसनले विभिन्न कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu