ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक लाखबाट ओरालो लाग्यो भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्या


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   ७ : ४२   बजे

काठमाडौं,२५ जेठ ।  कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि निक्कै सङ्कटपूर्ण अवस्थाको सामना गरेको छिमेकी मुलुक भारतमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या एक लाखबाट ओरालो लागेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार तीन सय ४५ जना नयाँ सङ्क्रमित थपिए । नयाँ थपिएका बिरामीको सङ्ख्या दोस्रो भेरियन्टपछि दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको सङ्ख्याभन्दा निक्कै कम हो ।

महामारीको रुप लिएको कोरोनाका कारण विश्वकै ध्यान खिच्ने गरी नराम्ररी प्रभावित बनेको भारतमा यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिँदै आएका थिए । एक दिनमा चार हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

दैनिक थपिने कोरोना सङ्क्रमितको सङ्ख्या ओरालो लाग्दै जाने क्रममा भारतमा दोस्रो भेरियन्टपछि पहिलो पटक एक दिनमा एक लाखभन्दा कम सङ्क्रमित थपिएका हुन् । यसलाई भारतले महामारी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको रुपमा लिइएको छ ।

भारत आफैले पनि कोरोनाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई लगाइरहेको छ । अरु मुलुकलाई पनि खोप उपलब्ध गराउँदै आएको थियो । कोरोनाले कहालीलाग्दो अवस्था बनाएपछि भने भारतले अरु मुलुकमा खोप निर्यात रोकेको थियो ।

भारतमा नयाँ थपिने सङ्क्रमित सङ्ख्या उच्च हुँदा उपचार गराउने ठाउँको अभाव भएको थियो । स्वास्थ्य संस्था सङ्क्रमितले भरिएर उपचार निक्कै असहज बनेको हो ।

गम्भीर अवस्थाका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन अभावको सामना पनि भारतले गर्नुपर्ने अवस्था आयो । एकै दिन चार हजारभन्दा बढीको मृत्यु हुँदा सङ्क्रमितको शव व्यवस्थापन निक्कै सकसपूर्ण बनेको थियो ।

तर पछिल्लो समय दैनिक नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गएपछि भारतको अवस्था सामान्यतर्फ उन्मुख हुँदै छ । भारतमा अहिले १३ लाख आठ हजार आठ सय छ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ सङ्क्रमितको अवस्था गम्भीर छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये दुई करोड ७३ लाख ३६ हजार सात सय ९९ जना उपचारपछि निको भएका छन् । सङ्क्रमित सङ्ख्या दुई करोड ८९ लाख ९६ हजार नौ सय ४९ पुगेको छ ।

सङ्क्रमितमध्ये तीन लाख ५१ हजार तीन सय ४४ जनाको मृत्यु भइसक्यो । एकै दिन दुई हजार एक सय १५ सङ्क्रमितको मृत्यु भयो ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमित र मृत्यु हुने सङ्ख्याको हिसाबले पहिलो नम्बरमा अमेरिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu