ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोवाइल फोनको कारण घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   ११ : १२   बजे


धनगढी, २५ जेठ :
किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी तथा बालबालिकामा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यसँग धेरै घुलमिल नहुने, बोल्दा पनि झर्किने खालका समस्या देखिन थालेका छन् । पहिला–पहिला साथीभाइसँग विभिन्न खेल खेल्न तथा परिवारका सदस्यसँग बसेर रमाउन चाहने किशोरकिशोरी तथा बालबालिकामा अत्यधिक मोबाइल फोनको प्रयोगले उनीहरूमा मोबाइल फोनबाहेक अन्त ध्यान नहुँदा समस्या हुन थालेको हो ।

घरबाहिर जाने, लामो समय घरमा नआउने तथा साथीभाइको सङ्गतमा सदैव डुल्याडुल्यै गर्ने आफ्नो १९ वर्षीय छोराको घरभित्रै बसिरहने बानी परेपछि कैलालीको घोडाघोडी नगरपालिका–१० का पुरोषत्तम जैशी खुशी हुनुभएको थियो । आफ्नो छोरा एकाएक अघिल्लो महिनादेखि घरभित्रै बस्ने मोबाइल चलाउने गर्न थालेपछि उहाँ खुशी हुनुभएको हो ।

छोरो घरभित्रै बस्न थालेपछि पहिलाजस्तो दिनभर घरबाहिर साथीभाइसँग डुल्न नजाने भयो भन्ने कुराले खुशी हुनुभएका जैशी अहिले छोरा घरभित्रै भएर पनि परिवारसँग एक्कासि टाढिएको देखेर चिन्तित हुनुहुन्छ । घरभित्रै रहे पनि जुनसुकै समयमा मोबाइल चलाइरहने, इन्टरनेटमा गेम तथा सामाजिक सञ्जालको एकोहोरो प्रयोग गरिरहने, कसैले बोलाए झर्किने तथा झोक्राउने गरेका कारण जैशीमा चिन्ता थपिएको हो ।

यो त एक उदाहरण मात्र हो । आधुनिक विकासको एक स्वरूप मोबाइल फोन भएको र यो अहिले प्रायः धेरैको हातमा पुगिसकेको अवस्थामा जवान, वृद्धदेखि बालबालिका सबैमा मोबाइलको अत्यधिक लत बसेको बताउनुहुन्छ राष्ट्रिय कलेज सुखडका उपप्राध्यापक प्रभात बोगटी । बाबुआमाले पनि बच्चालाई मोबाइल दिएर भुलाउने गरिरहेका कारण निरन्तर मोबाइल फोनको प्रयोगले बालबालिकामा तनाव हुने, आँखा दुख्ने, टाउको दुख्ने, बाबुआमासँग धेरै नबोल्ने, बोलाउँदा तीन चारपटकसम्म बोलाउनुपर्ने, पढाइप्रति लगाव कम हुने, अश्लील चित्र र भिडियोको लत बस्ने, साइबर अपराधतिर तानिने समस्याहरू देखिन सक्ने भएकाले अभिभावक समयमै सचेत रहनुपर्ने बोगटी बताउनुहुन्छ ।

यसको समाधानका लागि विशेष गरेर घरपरिवार बाबुआमा, शिक्षकको अग्रसरता हुनुपर्ने बोगटीको भनाइ छ । उनीहरूले मोबाइलको ठाउँमा खेल खेलाउने, कहानी भन्ने, बच्चासँग आफू पनि सँगै खेल्ने, चित्र कोर्ने आदि उपायबाट बालबालिकामा बसेको मोबाइलको लत छुटाउन सकिने उहाँ बताउनुहुन्छ ।

लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी, उदासीनता, निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने, ध्यान केन्द्रित गर्न समस्या हुनेलगायतका मानसिक लक्षण देखापर्ने मनोविद् सीता भण्डारीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “लगातार मोबाइल चलाइरहनाले ढाड दुख्ने, टाउको दुख्ने, घाँटी र गर्दन दुख्ने, आँखामा समस्या, खान मन नहुने, तौल घट्नेलगायतका शारीरिक लक्षण पनि देखिने हुँदा विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।”

लगातार इन्टरनेट वा मोबाइल चलाइरहने छोराछोरीलाई अभिभावकले उनीहरूको व्यवहार परिमार्जन गर्न सहयोग गर्नुपर्ने मनोविद् भण्डारीको भनाइ छ । मोबाइल नचलाई नमान्ने बच्चा भए घरका काम दिने र सो काम सकेपछि सकेको इनामका रूपमा मात्र केही समय प्रयोग गर्न दिने, यसो गर्दा मोबाइल प्रयोग विस्तारै घट्ने तथा दिनमा केही समयका लागि फोन बन्द गर्न लगाई बच्चासँग आफूले समय बिताउने काम पनि अभिभावकले गर्नुपर्ने भण्डारी बताउनुहुन्छ । यसो गर्दा विस्तारै मोबाइल प्रयोग कम हुनसक्छ भन्नुहुन्छ भण्डारी ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu