ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विएसपी नेपालद्वारा झण्डै दुई करोडको स्वास्थ्य सामग्री सहयोग


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   ११ : ३७   बजे


काठमाडौँ, २५ जेठ
विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई रु एक करोड ९० लाख बराबरका पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।
ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन उद्देश्यले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई स्वास्थ्य संस्थामा आवश्यक सामग्री वितरण गरिएको विएसपी नेपालका अध्यक्ष शेखर अर्यालले बताउनुभयो । राष्ट्रिय विपद्को अवस्थामा सरकारको मात्र मुख नताकी जनस्तरबाट सक्दो सहयोग गर्न र कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन यस किसिमको सहयोगको विशेष महत्व रहने उहाँको धारणा छ । ती स्वास्थ्य सामग्रीहरु वितरण गर्ने क्रममा अध्यक्ष अर्यालले यस किसिमको सहयोगबाट स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा आम नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही संस्थाका कार्यकारी निर्देशक प्रकाश लामिछानेले विशवव्यापी महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताउनुभयो । माई कलाइमेन्ट फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सर्जिकल मास्कसहित १० हजार पिपिई सेट उपलब्ध गरिएको उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक लामिछानेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै भविष्यमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन यस्ता स्वास्थ्य सामग्री केही सहयोग पुग्ने भएकाले विएसपी नेपालले सामाजिक भावनाबाट प्रेरित भई गाउँपालिका, नगरपालिका र अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । देशका ग्रामीण वस्तीहरुमा वायोग्यास प्रविधिको विकास र विस्तार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले यसअघि पनि यस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअनुसार विभिन्न राहत सहयोग गर्दै आएको छ
———

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu