ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धबाबा डाँडो काटिँदैन, चुरेको विषयमा राजनीति भयो : मन्त्री पौडेल


एबीसी / संवाददाता
२६ जेष्ठ २०७८, बुधबार   २ : ३८   बजे

काठमाडौँ, २६ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने स्पष्टीकरण दिनुभएको छ ।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्तर्क्रियामा उपप्रधानमन्त्री पौडेलले सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजानुपर्छ भनेर प्रस्ताव आएको स्वीकार गर्नुभयो । सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याएको भन्दै सिद्धबाबा उत्खननसम्बन्धी खबरमा सत्यता नभएको बताउनुभयो । सिद्धबाबामा पहिरोका कारण वर्षेनी दर्जनौं मानिसले ज्यान गुमाएको स्मरण गर्दै मन्त्री पौडेलले पहाडको संरक्षण गर्दै यातायात सहज बनाउन आफ्नो पहलमा सिद्धबाबामा सुरुङ मार्ग निर्माण अगाडि बढेको दावी गर्नुभयोे ।

उहाँले भन्नुभयो, ‘डाँडा सम्याएर बाटो लगौं भन्ने प्रस्तावको सख्त विरोध गर्ने म हुँ, मेरै प्रस्तावमा सिद्धबाबा काट्न लागियो भनेर प्रचार गरिएको छ । बजेटको प्रबन्ध पनि गरेर मुलुककै आधुनिक सुरुङमार्गको यो दोस्रो आयोजना बन्दैछ ।’ विपक्षीहरुले चुरेको सहारा लिएर राजनीति गरेको आरोप लगाउँदै उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘राजनीति गर्ने धेरै विषय छन्, चुरेको सहारा नलिनुहोस्, चुरे संरक्षणको महत्व मलाई राम्रोसँग थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu