ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री चौधरीद्वारा कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन


एबीसी / संवाददाता
२६ जेष्ठ २०७८, बुधबार   ४ : ३४   बजे

काठमाडौं, २६ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी लाई मन्त्रालय अन्तर्गत रहेको महिला बालबालिका बिभागले बिस्तृत ब्रीफिङ गरेका छन । आज बुधबार पुल्चोक स्थित रहेको बिभागको कार्यालयमा बिभागका निर्देशक दुर्गा देबि देबकोटा पौडेल ज्युले एक कार्यक्रमको बीच बिभागको गत्तिबिधी बारेमा जानकारी गराउनु भएको हो ।

निर्देशक पौडेलले यस बिभागको औचित्य,चुनौती, अबसर र बिगत देखि गर्दै आएका गतिविधिका बारेमा बिधिबत रुपमा जानकारी गराउनु भएको थियो ।त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा जानकारी गराउनु भयो ।

परिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने ब्यबस्था छ । त्यस अनुसार मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गर्नु भयो ।सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिला सुस्ती नगरी कार्य संपादन गर्न निर्देशन दिनुभयो ।

उहाँले बिभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको हुँदा यसलाइ जति सकिन्छ तत्काल समाधानका उपायका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने बिश्वास ब्यक्त गर्नु भयो ।
आफू महिला, बालबालिकाको समस्या समाधान गर्ने केन्द्रबाट प्रयाप्त नहुने भन्दै प्रदेस, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सार्वजनिक गर्न नसक्ने स्थिती अझै पनि पुर्न रुपमा बनी नसकेको दुख दायी अबस्थाको अनुभव आफुले गरेको भन्दै त्यसका लागि बिभागले समाजको तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नु पर्नेमा मन्त्री चौधरीले जोड दिनु भयो ।उक्त अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री रेनुका गुरुङको समेत उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रालयका सचिव यम कुमारी खतिवडाको समेत सहभागिता रहेको थियो । कार्यक्रम बिभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group