ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधाज्ञामा जारी छ निर्माणका काम


एबीसी / संवाददाता
२८ जेष्ठ २०७८, शुक्रबार   ९ : १९   बजे

बागलुङ, २८  मर्मत अभावमा जीर्ण बनेका बागलुङ नगर क्षेत्रका सडकको सुधारलाई तीव्रता दिइएको छ । सडक बोर्ड नेपाल र नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत सुधारको काम भइरहेको हो । निषेधाज्ञाबीच पहिलो चरणमा सदरमुकामभित्रका सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र १४ वटै वडाका पक्की सडकमा मर्मत सुधारको काम हुने इञ्जीनियर मनोज शर्माले बताउनुभयो ।

उहाँका अनुसार यस योजनाका लागि बोर्डको रु ९२ लाखमा नगरपालिकाको ३५ प्रतिशत थप लागत परेको छ । बोलपत्रमार्फत आरएस निर्माण सेवाले कामको जिम्मा पाएको थियो । “बजारपछि ग्रामीण भेगका सडकको मर्मत शुरु हुन्छ”, इञ्जीनियर शर्माले भन्नुभयो ।

यसअघि कालोपत्र भएर पनि भत्केका, खाल्डाखुल्डी परेका सडकको मात्र मर्मत गरिने निर्माण व्यवसायी राजिन खड्काले बताउनुभयो । “क्षतविक्षत नै भएको, धेरै बिग्रेको ठाउँमा कालोपत्र नै हुन्छ, कतै खाल्डाखुल्डी पुरेर सामान्य मर्मत मात्र गरिन्छ”, उहाँले भन्नुभयो । वडा नं २ को अदालतचोकबाट–धवलागिरि अस्पताल र गोदामघरबाट सिर्जनाटोलसम्मको सडक कालोपत्र भइसकेको छ । बेलैमा मर्मत नहुँदा ती सडक जीर्ण बनेका थिए । कालोपत्र भत्केर सडकभरि खाल्डैखाल्डा थिए । गोल्डेनगेट चोक, ट्राफिक चोकको घुम्तीबाट मगर सङ्घको कार्यालय जोड्ने सडक पनि मर्मतकै चरणमा छ ।

वडाध्यक्ष जीवन आचार्यले सदरमुकामका भित्री सडक, चोक सुधारले पनि गति लिएको बताउनुभयो । “वडा नं २ भित्र मात्रै झण्डै रु ५० लाख बजेटबाट यो काम हुँदैछ”, उहाँले भन्नुभयो, “कुनै सडक बोर्डअन्तर्गत कुनै वडास्तरका योजना छन् ।” यसअघि पनि सडक विस्तार, मर्मत, जीर्ण पाल, तार हटाउनेलगायत बजार व्यवस्थापनका काम गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

गत वर्ष भूपि शरेचनचोक–किरानाटोल, धवलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटबाट गोल्डेनगेट चोक र वीरेन्द्र–ऐश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको थियो । सडक विस्तारपछि घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुट्कारा मिलेको छ । सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहजउन्मुख छ । वडा नं ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना महामारीका कारण जारी निषेधाज्ञाबीच पनि सार्वजनिक निर्माणका काम नरोकिएको बताउनुभयो । आव आखिरतिर आएकाले पनि योजनाको काम बेलैमा सक्नुपर्ने स्थिति छ । “धेरै सडक, नालीका योजना छन्, अहिले धमाधम काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत गहतेबाट बोक्सेको खाल्डोसम्म सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको उहाँको भनाइ छ । उक्त योजनाका लागि रु ५० लाख बजेट छ । सडक मर्मत सुधार योजनाले वर्षेनी निरन्तरता पाएपछि बागलुङ बजारले क्रमशः मुहार फेर्दैछ । बजार व्यवस्थापन र यसको सौन्दर्यीकरणमा नगरपालिकाले लगानी बढाउँदै लगेको छ ।

जिल्लाका अन्य स्थानीय तह पनि यतिबेला चालु योजनाको कार्यान्वयनसँगै आउँदो आवका लागि योजना छनोटको तयारीमा जुटेका छन् । महामारीका कारण बस्तीस्तरमा पुगेर तर्जुमा गर्न नसकिने भएपछि वडा कार्यालयहरूले फोन या अरु माध्यमबाट योजना टिपाउन÷पठाउन आग्रह गरेका छन् । असार १० गते सबै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group