ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशसभामा कांग्रेस सांसद वैद्य भने– प्रधानमन्त्री ओलीको हत्या गर्ने म तयार छु


एबीसी / संवाददाता
२९ जेष्ठ २०७८, शनिबार   ७ : २१   बजे

काठमाडौं, २९ जेठ । बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका एक प्रदेशसभा सदस्यले प्रधानमन्त्रीको नाम लिँदै संसदीय मर्यादाविपरीत असंवेदनशील अभिव्यक्ति दिनुभएके छ । नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले शुक्रबारको प्रदेशसभा बैठकमा आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो ।

गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए। प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै वैद्यले भन्नुभयो खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’ यति भनेपछि उहाँले विषय अन्तै लैजानउनुभएको थिो । प्रधानमन्त्रीप्रति लक्षित वैद्यको टिप्पणी अशोभनीय र अमर्यादित भए पनि प्रदेशसभा बैठकमा कसैबाट नियमापत्ती भएन।

उहाँले यो पनि भन्नुभयो कहिलेकाहीँ ट्याम्पुमा चढ्दा त्यहाँ बस्ने साथीहरूले कुराकानी गर्छन्– नेताहरूले देश यस्तरी बिगारे, उनीहरूलाई भेटे भने एक–एक गरी ठोकिदिन्थे। एक–एकलाई सिध्याइदिन्थेँ। यस्तो सुनेपछि विस्तारै आफूसँग भएको लोगो गोजीमा हाल्थेँ। अनि जुन गन्तव्यमा जानुपर्ने हो, त्यहाँभन्दा अगाडि नै ओर्लन्थेँ। अहिले देशको अवस्था त्यस्तै बनाइदिए। उहाँले उपप्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि होइन भनेर प्रश्नसमेत गर्नुभएको छ। आफ्नो पार्टीको माधव नेपाल नअटाउने अनि नेपाली नागरिक पनि हो कि होइन, उहाँ चाहिँ अटाउने, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu