ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना संक्रमण घट्यो : दैनिक ८५ हजारभन्दा कम संक्रमित


एबीसी / संवाददाता
२९ जेष्ठ २०७८, शनिबार   ७ : ३०   बजे

काठमाडौं, २९ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण ८५ हजारभन्दा तल झरेको छ ।केही समयअघिसम्म कोरोनाका कारण नराम्ररी प्रभावित बनेको भारतमा क्रमस सङ्क्रमण घट्दो क्रममा रहेको छ । कोरोनाको दोस्रो भेरियन्टले विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो भारत ।

यहाँ दैनिक चार लाखभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि हुने गरेको थियो । हालसम्म विश्वका कुनै पनि मुलुकमा एक दिनमा चार लाख सङ्क्रमित भेटिएका छैनन् ।

तर त्यो सङ्ख्या क्रमस घट्दै अहिले ८५ हजारभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार छ सय ९५ जना नयाँ बिरामी थपिएका छन् ।

तर नयाँ थपिएको सङ्क्रमित सङ्ख्या अन्य मुलुकको भन्दा उच्च हो । भारतमा हालसम्म दुई करोड ९३ लाख ५८ हजार ३३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७९ लाख एक हजार छ सय ८८ जना उपचारपछि निको हुँदै कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । १० लाख ८९ हजार दुई सय ४८ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा दैनिक सङ्क्रमितको मृत्युमा भने उतारचढाव कायमै छ । महामारीको रूप लिएको सङ्क्रमण क्रमस नियन्त्रण हुँदै गर्दा भारतमा दैनिक मृत्यु भने घट्न सकिरहेको छैन ।

कहिले एकै दिनमा छ हजार जनाको मृत्यु कोरोनाका कारण हुन्छ । कहिले त्यो सङ्ख्या घटेर दुई हजार हाराहारीमा झरेको हुन्छ ।

भारतमा एकै दिन अर्थात पछिल्लो २४ घण्टाभित्र चार हजार जनाको मृत्यु कोरोनाका कारण भयो । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि विश्वका अन्य मुलुकको भन्दा अत्याधिक धेरै हो ।

भारतमा हालसम्म कोरोनाका कारण तीन लाख ६७ हजार ९७ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group