ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा भन्दा ब्राजिलमा भेटिए धेरै सङ्क्रमित


एबीसी / संवाददाता
३० जेष्ठ २०७८, आइतबार   ७ : ३४   बजे

काठमाडौं, ३० जेठ । दोस्रो भेरियन्टयता कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छिमेकी मुलुक भारतमा भन्दा ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै भेटिएका छन् ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि भारत विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो । कोरोनाका कारण उत्पन्न कठिन परिस्थितिको सामना गरिरहेको भारतमा पछिल्लो समय सङ्क्रमण घट्दो क्रममा रहेको छ ।

सङ्क्रमण उत्कर्षमा पुग्दा भारतमा एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । एकै दिनमा सबैभन्दा बढी छ हजार जनासम्मको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।

तर अहिले भारतमा दैनिक सङ्क्रमण ८० हजारभन्दा तल झरेको छ । एक दिनमा चार हजारभन्दा कमको मृत्यु कोरोनाका कारण भइरहेको छ ।

ब्राजिलमा कोरोना महामारी उत्कर्षमा पुग्दा एक दिनमा एक लाख हाराहारीमा नयाँ बिरामी थपिन्थे । कोरोनाका कारण तीन हजार पाँच सय हाराहारीको मृत्यु हुने गरेको थियो ।

विगतको तुलनामा ब्राजिलमा पनि सङ्क्रमण नियन्त्रणउन्मुख छ । तर एकै दिनमा भेटिएका नयाँ बिरामीको सङ्ख्या भने भारतमा भन्दा ब्राजिलमा धेरै छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ बिरामीको सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा पनि धेरै हो ।

भारतमा एकै दिन ६५ हजार नौ सय ७३ जना नयाँ बिरामी थपिएका छन् । तर ब्राजिलमा ७५ हजार सात सय ७८ जना नयाँ बिरामी थपिए । भारतमा भन्दा ब्राजिलमा झन्डै १० हजार बढीमा सङ्क्रमण पुष्टि भएको हो ।

भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९४ लाख २४ हजार छ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ८० लाख १५ हजार ४४ जना कोरोनामुक्त बनिसकेका छन् । १० लाख ३८ हजार सात सय ९४ जनाको उपचार जारी छ ।

उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७१ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म भारतमा कोरोनाका कारण तीन लाख ७० हजार एक सय ६८ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख ७६ हजार नौ सय ९८ पुगेको छ । एक करोड ५७ लाख ६१ हजार एक सय ७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

११ लाख २९ हजार चार सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन दुई हजार आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म चार लाख ८६ हजार तीन सय ५८ सङ्क्रमितको मृत्यु भइसकेको छ । ​

सङ्क्रमित सङ्ख्याको हिसाबले ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu