ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा माओवादी नेता पाण्डे उनकै श्रीमतीकै योजनामा मारिए


एबीसी / संवाददाता
३१ जेष्ठ २०७८, सोमबार   ७ : २२   बजे

रुपन्देही, ३१ जेठ । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका– ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । महिमाले कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए ।

‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका– २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक अधिकारी बताउनुभयो । दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका लागि सुपारी लिने, हतियार खरिद(बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको छ ।

उनीहरू कपिलवस्तु नगरपालिका-१ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका–२ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका-४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका–४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका-५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका–१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu