ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ५ : २५   बजे

काठमाडौं, २ असार । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको थियो ।

पोर्चुगलको जितमा दुई गोल गरेका क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबल च्याम्पियनसिप ९युरो०को इतिहासमा दुई अद्भूत कीर्तिमान बनाए । सन् २००४ मा घरेलु मैदानमा भएको युरोबाट प्रतियोगितामा डेब्यु गरेका रोनाल्डो युरोपियन च्याम्पियनसिपको पाँच संस्करणसम्म खेल्ने पहिलो खेलाडी बनेका छन् ।

खेल सुरु हुँदै आफ्नो नाममा एक कीर्तिमान बनाइसकेका रोनाल्डोले आजको खेलमा पोर्चुगललाई जित दिलाउन नसकेको भए पक्कै त्यसको खुशी उनमा हुने थिएन ।

तर, ८४औं मिनेटसम्म ६७ हजार समर्थक अगाडि भएको खेलमा हंगेरीको रक्षापंक्ति पार गर्न नसकेको पोर्चुगलले अन्तिमको ६ मिनेट र इन्जुरी समममा तीन गोल गरेको थियो ।

जसमध्ये दुई गोल रोनाल्डोको नाममा रह्यो । हंगेरियन डिफेन्डर विली ओर्बानले ८७औं मिनेटमा पोर्चुगिज खेलाडी राफा सिल्भामाथि पेनाल्टी एरियामा फाउल गरेपछि भ्रमणकारी टोलीले पेनाल्टी पाएको थियो ।

सोही पेनाल्टीलाई गोलमा परिणत गरेका रोनाल्डो त्यो गोलसँगै युरोपियन फुटबल च्याम्पियनसिपकै सर्वकालिन सर्वाधिक गोलकर्ता बने । त्यो गोल अगाडिसम्म यो कीर्तिमान रोनाल्डो र फ्रेन्च लिजेन्ड माइकल प्लाटिनीको संयुक्त नाममा थियो । सन् १९८४ मा फ्रान्समा भएको युरोको एकै संस्करणमा ९ गोल ठोकेका प्लाटिनीको कीर्तिमानसँग रोनाल्डोले २०१६ मा बराबरी गरेका थिए ।

तर, आजको खेलमा दुई गोल थपेसँगै त्यो कीर्तिमान रोनाल्डोले ११ गोलमा पुर्‍याएर आफ्नै नाममा एकलौटी बनाएका छन् ।

रोनाल्डोको दुई गोल र राफाएल गुरेरोको एक गोलप्रेरित पोर्चुगलले १३ वर्षपछि ठूला प्रतियोगिताको पहिलो खेलमा जित हासिल गरेको छ । यसअघि २००८ को युरोको पहिलो खेलमा पोर्चुगलले टर्कीमाथि २(० को जित हासिल गरेको थियो ।

त्यसयताका तीन विश्व कप र दुई युरोको पहिलो खेलमा पोर्चुगलले जित निकाल्न सकेको थिएन । साविक विजेता पोर्चुगलले २०१६ मा घरेलु टोली फ्रान्सलाई फाइनलमा पराजित गर्दै उपाधि उचालेको थियो ।

हंगेरीविरुद्को खेलमा गोल गरेसँगै रोनाल्डो युरोको लगातार पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu