ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ४ : ५२   बजे

काठमाडौं, २ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कडा निर्देशन दिनुभएको छ । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीले परिषदबाट मन्त्रालय फाइल पठाउदा आबश्यक फाइल मात्र पठाउन निर्देशन समेत दिनुभयो । उहाँले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नविकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नु पर्ने बताउनुभयो । तीन बर्ष सम्म नविकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिनुभयो । उहाँले परिषद्लाई काम गर्न सहज वातावरण बनाउन मन्त्रालय पुर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताउनुभयो ।

कोभिड १९ महामारीको बेला संघ संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक ब्यबस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरि प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन दिनुभयो । उहाँले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताउनुभयो । मन्त्री चौधरीले आजै परिषदको अध्यक्षको पदभार ग्रहण गर्नुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने ब्यबस्था रहेको छ । सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो । परिषद अन्तर्गत करिब ५२ हजार रास्ट्रीय सामाजिक संस्था आबद्ध रहेका छन भने करिब २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आबद्धता रहेका छन । बर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रीने गरेको परिषदले जनाएका छन । परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नविकरण संगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu